Wednesday, May 21, 2025
62.3 F
Washington DC.

टेस्लाले भारतमा कर छुट नपाउने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एलन मस्कको विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले भारतमा कर छुट नपाउने भएको छ। भारत सरकारले कार उत्पादन प्लान्ट लगाउन चाहिरहेको टेस्ला कम्पनीलाई कुनै पनि प्रकार छुट नदिने भएको हो।

राजस्व सचिव सञ्जय मल्होत्राले टेस्लालाई कर छुट दिन वित्त मन्त्रालयले गम्भीर विचार नगरेको बताएका छन्।

केही दिनअघि टेस्लाले भारत सरकारसँग सप्लाई चेन स्थापना गर्ने र कर छुटको विषयबारे चर्चा भएको बताइएको थियो। यस्तै गत वर्ष पनि कम्पनीले सरकारसँग एसेम्बल गाडीमा लाग्दै आएको भन्सारशुल्क १०० प्रतिशतबाट ४० मा झार्न माग गरेको थियो।

बिजनेस टुडेका अनुसार टेस्ला इन्डो–प्यासिफिक क्षेत्रका देशमा कार बिक्री गर्न भारतलाई निर्यात केन्द्र बनाउन चाहन्छ। यद्यपि टेस्ला या सरकार दुवैले यसबारे कुनै आधिकारी जानकारी भने नदिएको समाचारमा उल्लेख छ।

टेस्लाले भारतमा प्लान्ट लगाएर वार्षिक पाँच लाख विद्युतीय सवारीसाधन उत्पादन गर्न चाहेको रोयटर्सले उल्लेख गरेको छ। भारतमा प्लान्ट बनेपछि टेस्लाको कार २० लाख भारुमै आउनेछ।

गत महिना मस्कले भारतीय प्रधानमन्त्रीसँग न्युयोर्कमा भेटेका थिए। मोदीसँगको वार्ताका क्रममा मस्कले टेस्ला छिटै भारत आउने बताएका थिए। सन् २०२४ मा टेस्ला भारत आउने बताइएको छ।

अमेरिकी बजारमा अहिले टेस्लाका चार मोडलका कार छन्। जसमा मोडल–एस, मोडल–थ्री, मोडल–एक्स र मोडल–वाई छन्। यी कारमध्ये सबभन्दा सस्तो मोडल–थ्री हो। अमेरिकी बजारमा यसको मूल्य ३२ हजार डलरभन्दा माथि छ। यो कार एकपटक फुल चार्ज गरेपछि ५३५ किलोमिटर गुड्छ।श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img