Tuesday, May 20, 2025
70.4 F
Washington DC.

एलोन मस्कले सुरु गरे नयाँ कम्पनी ‘एक्सएआइ’, च्याटजिपिटि सँग कडा प्रतिस्पर्धा हुने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टेस्ला, स्पेसएक्सका सीईओ र ट्विटरका मालिक एलोन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी xAI सुरु गरेका छन्। मस्कले ट्वीट गर्दै भनेका छन् , ‘यसबाट हामीले ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने प्रयास गर्नेछौं।’

 यो कम्पनी बुधबार लन्च गरिएको हो। कम्पनीको वेबसाइटका अनुसार ‘मस्क र उनको टोलीले शुक्रबार लाइभ ट्विटर स्पेस च्याटमा यससँग सम्बन्धित थप जानकारी उपलब्ध गराउने छन।’

एलोन मस्कले ट्वीट गर्दै कम्पनीको सुरुवातको घोषणा गरेका हुन् ।

कम्पनीमा मस्कले नेतृत्व गर्नेछन्, टोलीमा धेरै दिग्गजहरू समावेस

कम्पनीको विज्ञप्ति अनुसार कम्पनीको नेतृत्व एलोन मस्कले गर्नेछन्। कम्पनीमा उनका सहकर्मीहरू AI- Artificial Intelligence (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रका दिग्गजहरू सामेल छन्. उनीहरुले गूगल , माइक्रोसफ्ट , ओपन एआइ, डिप माईण्ड जस्ता कम्पनीहरूमा काम गरेर अनुभव हासिल गरेका छन् ।

xAI: Understand the UniversexAI is a new company founded by Elon Musk that sets out to Understand the Universe.x.ai

यी टोली सदस्यहरूले डिप माईण्डको अल्फ़ाकोड र ओपन एआइको जिपिटि-३. ५  र जिपिटि-४  च्याटबटहरू जस्ता परियोजनाहरूमा काम गरेका छन्। नयाँ कम्पनी मस्कको एक्स कर्पबाट अलग छ, तर एक्स (ट्विटर), टेस्ला र अन्य कम्पनीहरूसँग मिलेर काम गर्ने कम्पनीले आफ्नो बेव साईट्मा जनाएको छ।

टोरन्टो विश्वविद्यालयका पूर्व अनुसन्धानकर्ताहरू पनि यस स्टार्टअपमा संलग्न छन्। कम्पनीलाई ड्यान हेन्ड्रिक्सले सल्लाह दिनेछन्, जो हाल सान फ्रान्सिस्कोमा आधारित संस्था सेन्टर फर एआई सेफ्टीको नेतृत्व गर्छन्। हेन्ड्रिक्सले जुनमा विश्वव्यापी नेताहरूलाई खुला पत्र लेख्दै चेतावनी दिएका थिए कि एआई महामारी र आणविक युद्ध जस्तै मानव अस्तित्वको लागि खतरा हो।

मस्क यसअघि पनि एक प्रमुख एआई संगठनमा आबद्व भइसकेका छन्। उनी ओपनएआई, ChatGPT सिर्जना गर्ने कम्पनीको निर्माणमा संलग्न थिए। डिसेम्बर २०१५ मा, मस्कले साम अल्टम्यान, ग्रेग ब्रोकम्यान, इल्या सुत्स्केभर, जोन शुल्म्यान र वोज्सिच जरेम्बासँग OpenAI स्थापना गरेका थिए। यद्यपि, टेस्लासँगको स्वार्थको द्वन्द्वबाट बच्न उनले २०१८ मा यसलाई छोडे।

मक्सले पहिलो पटक xAI को बारेमा अप्रिलमा जानकारी दिएका थिए । एलोन मस्कले यो नया कम्पनी ९ मार्च २०२३ मा गठन गरेको बताइएको छ । एआईको क्षेत्रमा मस्ककोनयाँ कम्पनीको प्रवेशले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।

कम्पनीको मुख्यालय अमेरिकाको टेक्सास सहर नेभाडामा छ र मस्क यसको एक मात्र सूचीबद्ध निर्देशक हुन्। मस्कको पारिवारिक कार्यालयका निर्देशक जारेड बिरचेललाई नयाँ कम्पनीमा सचिव बनाइएको छ।

एआईको क्षेत्रमा xAI कम्पनीको सुरुवातसँगै ५२ वर्षीय मस्क अब ६ कम्पनीको मालिक बनेका छन् ।

टेस्ला मोटर्स, विद्युतीय सवारी साधन (EVs) निर्माण गर्ने कम्पनी

मस्कसँग अहिले ६ कम्पनी छन्

SpaceX, रकेट निर्माता

मस्तिष्क चिप कम्पनी Neuralink

सामाजिक मिडिया कम्पनी ट्विटर

बोरिङ कम्पनी हाइपरलूप बनाउँदै

कृत्रिम बुद्धिमत्ता कम्पनी xAI

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img