Saturday, May 17, 2025
86.8 F
Washington DC.

एप्पलले ल्यायो iOS 18.2: यस्ता छन ११ आकर्षक विशेषताहरू

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एप्पलले आफ्नो नयाँ अपडेट iOS 18.2 प्रस्तुत गरेको छ, जसले Apple Intelligence प्रयोग गर्दै अत्याधुनिक सुविधा प्रदान गर्दछ। यसले कृत्रिम बुद्धिमत्ता (AI) र गोपनीयता केन्द्रित डिजाइनमार्फत यो सफ्टवेयर ल्याएको छ। यस्ता छन ११ प्रमुख विशेषताहरू जुन तपाईंलाई आकर्षित गर्नेछन:

१. सिरीमा ChatGPT

अब सिरीमा ChatGPT समावेश गरिएको छ। यसले सिरीलाई अझ प्रभावकारी र लेखन शैलीलाई थप उपयोगी बनाएको छ।

२. मेल एपको नयाँ स्वरूप

मेल एपलाई चार फरक श्रेणीमा वर्गीकृत गर्दै नयाँ डिजाइन प्रस्तुत गरिएको छ, जसले मेल व्यवस्थापनलाई अझ सजिलो बनाउँछ।

३. इमेज प्लेग्राउन्ड

Apple Intelligence अन्तर्गत, तपाईंले आफ्नो फोटो लाइब्रेरीबाट थिम, कस्टुम्स, र एक्सेसरीहरू प्रयोग गर्दै रमाइला र अनौठा तस्विरहरू सिर्जना गर्न सक्नुहुन्छ।

४. सिरी फोटो सम्पादन

अब सिरीले तपाईंको फोटो सम्पादन गर्न र एपहरूभित्रका कार्यहरू तपाईंको निर्देशनअनुसार गर्न सक्छ।

५. फोटो एपमा सुधार

फ्रेम-बाई-फ्रेम भिडियो स्क्रबिङ, नयाँ एल्बम व्यवस्थापन, र अझ सहज नेभिगेसनका लागि UI परिवर्तन।

६. Genmoji

AI-को सहयोगबाट इमोजी सिर्जना गरेर परिवार र साथीहरूसँग बाँड्न सकिने सुविधा।

७. नयाँ नोट्स एप

नोट्स एपले मल्टिमिडिया सामग्री व्यवस्थापन र सिर्जनाका लागि नयाँ उपकरणहरू प्रदान गर्दछ।

८. इमेज वान्ड

नोट्समा तपाईंका शब्द र दृश्यलाई आकर्षक छविमा सजिलै परिवर्तन गर्न सकिने उपकरण।

९. एप्स लुकाउन र लक गर्न सकिने

अब तपाईंले एप्सलाई Face ID प्रयोग गरेर लुकाउन र लक गर्न सक्नुहुन्छ।

१०. iMessage सुधारहरू

• नयाँ टेक्स्ट इफेक्ट्स र फर्म्याटिङ विकल्प।

• कुनै पनि इमोजी वा स्टिकरलाई प्रतिक्रिया दिन प्रयोग गर्न सकिने।

• म्यासेज पछि पठाउन समय निर्धारण गर्न सकिने।

• Android प्रयोगकर्ताहरूसँग सहज सन्देश आदानप्रदानको लागि RCS को ब्यवस्था।

११. भिजुअल इंटेलिजेन्स (क्यामेरा कन्ट्रोल)

तपाईंको क्यामेराको मद्दतले वस्तु र स्थानको गहिरो जानकारी पत्ता लगाउन सकिने।

गोपनीयता र सुरक्षा सुधार

Apple ले सबै सुविधाहरूलाई गोपनीयता सुनिश्चित गर्दै प्रयोगकर्ता डेटा सुरक्षित राख्न प्रतिवद्धता जनाएको छ।

iOS 18.2 डाउनलोड गर्नको लागि आफ्नो सेटिङमा गएर General > Software Update मा क्लिक गर्नुहोस्। सुरक्षा विवरणका लागि Apple को आधिकारिक वेबसाइट लाई फलो गर्नुहोस्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img