spot_img
Wednesday, September 25, 2024
64.1 F
Washington DC.
spot_img

पावरबल ज्याकपट ९०० मिलियन डलर पुग्यो – भोली सोमबार खुल्दै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शनिबार राती खुलेको पावरबल ज्याकपट कसैलाई पनि नपरेपछि आगामी ड्रको ज्याकपट बढेर ९०० मिलियन डलर पुगेको छ। अमेरिकाभरि पावरबलका पारखीहरू उत्साहका साथ पावरबलको टिकट खरिद गर्दै छन । शनिबारको ड्र पछि कुनै ज्याकपट विजेता नभएकोले अर्को ड्र सोमबार, जुलाई १७ मा निर्धारित समयमा खुल्ने लटरी अधिकारीहरूले बताएका छन्। बिजेताले नगद मूल्यमा $४६५. १ मिलियनको अनुमानित नगद पाउने यो ज्याकपट पावरबलको इतिहासमा तेस्रो ठूलो र अमेरिकाको लटरीहरूको सातौं ठूलो हो।

शनिबार, जुलाई १५ मा भएको अघिल्लो ड्रको विजेता नम्बरहरू ०२ , ९ , ४३ , ५५ , ५७ थिए, जसमा रातो पावरबल नम्बर १८ थियो। तर, बिक्रि भएको कुनै पनि टिकटले विजेता नम्बरहरूसँग मेल खाएन।

लटरी अधिकारीहरूका अनुसार राष्ट्रव्यापी रूपमा ३ मिलियन भन्दा बढी टिकटहरूले कूल $२४.५ मिलियनका विभिन्न तल्लो-स्तरीय नगद पुरस्कारहरू जितेका छन् ।

उल्लेखनीय रूपमा, कोलोराडो र टेक्सासका तीन भाग्यशाली खेलाडीहरूले सबै पाँचवटा सेतो बलहरू मिलाएर प्रत्येकले $ १ मिलियन जितेका थिए। थप रूपमा, ८९ टिकटहरूले चार सेतो बलहरू र रातो पावरबलसँग मेल खाएको , जसमध्ये ७५ ले $ ५०,००० जितेको र बाँकी १४ जसले पावर प्ले विकल्प रोजेका थिए , उनीहरूको पुरस्कार $ १००,००० मा दोब्बर पारेको पावरवलले बिज्ञप्तिमा जनाएका छन् ।

पावरबल ज्याकपोट अन्तिम पटक अप्रिल १९, २०२३ मा परेको थियो। ओहायोका एक भाग्यशाली व्यक्तिले $२५२.६ मिलियनको ज्यापपट पुरस्कार प्राप्त गरेका थिए । त्यस पछि यो लगातार ३७ ड्र हो। यतिबेला पावरबलका पारखी खेलाडीहरू ९०० मिलियन डलरको ठूलो ज्याकपट कब्जा गर्ने अवसरको उत्सुकताका साथ पर्खिरहेका छन्।

सोमबार राति खुल्ने ड्र को विजेताले वार्षिकी विकल्पको बीचमा छनोट गर्नेछ, जसमा प्रत्येक वर्ष ५% ले वृद्धि हुने २९ वार्षिक भुक्तानीहरू, कुल अनुमानित $९०० मिलियन, वा लगभग $४६५.१ मिलियनको एकमुष्ट नगद भुक्तानीको छनौट गर्न सक्ने छन्।

पावरबलमा कुनै पनि पुरस्कार जित्ने सम्भावना २४. ९ मा लगभग १ हुन्छ , जबकि सबै नम्बर मिलाएर ज्याकपट हिट गर्ने सम्भावना २९२.२ मिलियनमा १ मात्र हुन्छ।

अमेरिकी इतिहासमा शीर्ष १० पावरबल ज्याकपटहरू निम्नानुसार छन्:
१) $२. ०४ बिलियन – नोभेम्बर ७ , २०२२ – CA
२) $१. ५८६ बिलियन – जनवरी १३ , २०१६ – CA, FL, TN
३) $९०० मिलियन (अनुमानित) – जुलाई १७ , २०२३
४) $७६८. ४ मिलियन – मार्च २७ , २०१९ – WI
५) $७५८. ७ मिलियन – अगस्ट २३ , २०१७ – MA
६) $७५४. ६ मिलियन – फेब्रुअरी ६ , २०२३ – WA
७) $$731.1 मिलियन – जनवरी २०, २०२१ – MD
८) $६९९.८ मिलियन – अक्टोबर ४, २०२१ – CA
९) ६८७. ८ मिलियन – अक्टोबर २७ , २०१८ – IA, NY
१०) $६३२.६ मिलियन – जनवरी ५, २०२२ – CA, WI

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img