spot_img
Tuesday, December 3, 2024
35.1 F
Washington DC.
spot_img

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कटं) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्ध तर्फ प्रवेश गर्ने अर्थात दक्षिणायन हुने भएकोले दिन छोटो र रात लामो हुँदै जाने छन ।

हिन्दू धर्मसँग सम्बन्धित परम्परागत चाडहरूको प्रारम्भ र स्नान, दान, होम तथा श्राद्धजस्ता विशेष कार्यको सुरूवात पनि आजको दिन बाट शुरुआत गरिन्छ । साउने संक्रान्तिको दिन असारे वर्षात र हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

यस अवसरमा फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । त्यसैगरी विवाहित महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा र रातो बस्त्र लगाएर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्ने गर्दछन् ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् बताउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसलाई लुतो फाल्ने भनिन्छ ।

यसरी लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।

साउन महीनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

साउने संक्रान्ति किराती समुदाय बीच आफ्नो ईष्ट देवको सम्मानमा नयाँ पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुन्ड्याई, सिसेक्पा तङ्नाम, को नामले मनाईन्छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्दै विशेष चाडको रूपमा मनाउने गर्दछन् ।

पश्चिम कर्णालीको जुम्ला तिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइजू भन्दै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।

माघे सङ्क्रान्तिलाई वर्षा लाग्यो भने जस्तै आजको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने विश्वास गरेर कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने गरिन्छ ।

नेपालमा परापूर्वकालदेखि बसिआएका विभिन्न आदिवासी जनजातिहरू जस्तै पूर्वका किराँतीहरू लिम्बू, खम्बू , तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले पनि साउने सङ्क्रान्ति पर्वलाई आ(आफ्नो परम्परागत चाडका रूपमा मनाइने गर्छन ।

त्यसैगरी, तमु, गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् । समग्र मा यो पर्व प्रायजसो सबै नेपालीहरूको साँस्कृतिक चाड हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

आयुषले आमालाई लगाएका गम्भीर आरोप, सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु

टिकटकमा करोडौं कमाएर सफलता पाएका आयुष सिंह ठकुरीले आफ्नी आमाविरुद्ध गम्भीर आरोप लगाएका छन्। हिजो राति आयुषले टिकटकको लाइभ...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img