Monday, May 19, 2025
74.2 F
Washington DC.

ताईवानको फक्सकनले भारतको कर्नाटकमा ८८ अर्ब लगानी गर्दै, मोबाइल स्क्रिन र आउटर कभर उत्पादन गर्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनले भारतको कर्नाटमा लगानी गर्ने भएको छ। कर्नाटक सरकारसँग मिलेर फक्सकनले ८८ अर्ब भारु लगानी गर्न लागेको कर्नाटकको  मुख्यमन्त्री कार्यालयले जनाएको छ।

फक्सकन इन्डस्ट्रियल इन्टरनेटको प्रस्तावअनुसार लगानीका लागि सय एकड जमिन आवश्यक पर्छ। जमिन उपलब्ध भएपछि १४ हजार जनाले रोजगार पाउने छन्। रिपोर्टअनुसार लगानीकर्ता फक्सकनको सहायक कम्पनीका प्रतिनिधिले तुमकुरुमा रहेको जापानिज इन्डस्ट्रियल टाउनसिपको भ्रमण पनि गरेको बताइएको छ।

फक्सकन र उसको सहायक कम्पनीका तर्फबाट दिइएको यो दोस्रो लगानी प्रस्ताव (इन्भेस्टमेन्ट प्रपोजल) हो। कम्पनीले यही वर्ष मार्चमा फोन म्यानुफ्याक्चरिङ प्लान्ट बनाउनका लागि बैंगलोर एयरपोर्टनजिक इन्फर्मेसन टेक्नोलोजी रिजन (सूचना प्रविधि क्षेत्र) चयन गरेको छ। कम्पनीले सो क्षेत्रमा ८० अर्ब भारु लगानी गर्नेछ। सन् २०२४ देखि उत्पादन युनिट सुरु हुने बताइएको छ।

फक्सकनले हालसालै मात्र वेन्दाता ग्रुपसँग गुजरातमा सेमिकन्डक्टर म्यानुफ्याचरिङ प्लान्ट लगाउन सम्झौता गरेको थियो। तर वेदान्ताले चिप्स उत्पादन गर्न चाहिने प्रविधि नपाउँदा सम्झौता ढिला हुँदै गइरहेको थियो। यही कारणले १९ अर्ब ५० अर्ब डलरको फक्सन–वेदान्ता सम्झौता भंग भएको थियो।

कर्नाटक राज्य सरकारका अनुसार फक्सकन इन्डस्ट्रियल इन्टरनेटका प्रमुख कार्यकारी अधिकारी (सिइओ) ब्रान्ड चेङ र उनको प्रतिनिधिमण्डलले थप एक सप्लिमेन्ट्री प्लान्ट बनाउनेबारे चर्चा भएको बताइएको छ। कम्पनीले फोनका लागि आवश्यक पर्ने मेकानिकल कम्पोनेन्ट तथा स्क्रिन र आउटर कभर उत्पादन गर्नेछ।श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img