Saturday, July 25, 2026
82 F
Washington DC.

ब्रेकिङ न्यूज: मार-ए-लागो सर्भेलेन्स फुटेज केसमा पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध नयाँ आरोप पेस

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको मार-ए-लागो स्थित घरमा निगरानी फुटेज मेटाएको आरोप लगाउँदै न्याय विभागले बिहीबार नयाँ थप अभियोग दायर गरेको छ।

अभियोग अनुसार, ट्रम्प, नयाँ सहयोगी कार्लोस डे ओलिभेरा र होटल सम्पत्ति प्रबन्धक वाल्ट नाउटालाई फुटेज नष्ट गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

अभियोग अनुसार, डी ओलिभेराले मार-ए-लागोमा सुरक्षा फुटेजको भण्डारण अवधि पत्ता लगाउन प्रयास गरेको र त्यसपछि अर्को कर्मचारीलाई “बोस”को सर्भरहरू मेटाउनको लागि सूचित गरेको भन्ने छ।प्राप्त कागजात अनुसार डे ओलिभेरा र नाउटाले आफ्नो योजना गोप्य रूपमा बनाएका जसमा ट्रम्प र डी ओलिभेरा बीच छलफल भएको आरोपपत्रमा दाबी गरिएको छ ।

यो थप अभियोग सहित अब पूर्व राष्ट्रपतिलाई कुल ४२ आरोपहरू लगाईएको छ। आरोपमा ट्रम्पमाथि विदेशमा सैन्य गतिविधिको बारेमा प्रस्तुतीकरणमा गोप्य कागजात राखेको पनि आरोप छ।

कार्लोस डे ओलिभेरालाई सोमबार मियामी अदालतमा उपस्थित हुन बोलाइएको छ, जहाँ उनी गोप्य कागजातका बक्सहरू सार्ने बारे छानविनकर्तालाई झूटो बोलेको आरोप लगाइएको छ।

नयां आरोपका बारेमा ट्रम्प प्रशासनले एक विज्ञप्ति जारी गर्दै आरोपहरूलाई अस्विकार गरेको छ।

न्याय विभागले लगाएको आरोपको पूर्णपाठः

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img