Friday, April 11, 2025
47.5 F
Washington DC.

लागुऔषधी तस्करीको आरोपमा सिंगापुरकी महिलालाई मृत्युदण्ड

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोबाट जारी बिज्ञप्ती अनुसार सारिदेवी बिन्ते डजमानी (“सरिदेवी”) लाई २८ जुलाई २०२३ मा मृत्युदण्डको सजाय दिइएको छ। ४५ वर्षीय सारिदेवीलाई तस्करीको उद्देश्यले प्रचुर मात्रामा डायमोर्फिन, जसलाई शुद्ध हेरोइन पनि भनिन्छ, राखेको अभियोगमा दोषी ठहर गरिएको थियो।सिंगापुरमा झण्डै दुई दशकमा पहिलो पटक एक महिलालाई मृत्युदण्ड दिइएको हो।

सारिदेवीलाई ३०.७२ ग्राम भन्दा कम नभएको डायमोर्फिन रहेको अभियोगमा दोषी पाइएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ। विज्ञप्ति अनुसार यो परिणाम लागूऔषधको दुरुपयोग ऐनले आवश्यक पर्ने सीमाभन्दा दोब्बर बढी छ, जसले डायमोर्फिनको तस्करीको मात्रा १५ ग्रामभन्दा बढी भएमा मृत्युदण्डको व्यवस्था गरेको छ। बरामद गरिएको डायमोर्फिन, जसमा छ प्याकेट र सात स्ट्रा छन्, कूल वजन १,०८४. ३७ ग्राम भन्दा कम नभएको विज्ञप्तिमा भनिएको छ ।

सेन्ट्रल नार्कोटिक्स ब्यूरोका अनुसार ३०.७२ ग्राम डायमोर्फिनले लगभग ३७० लागुऔषध दुव्र्यसनीहरूलाई एक हप्तासम्म टिकाउन पर्याप्त हुने भएकाले सरिदेवीको कार्यको गम्भीरता र समाजमा लागुऔषधको सम्भावित प्रभावलाई गम्भीरतापूर्बक ध्यान दिइएको बताएको छ ।

सरिदेवी विरुद्धको कानुनी कारबाही अन्तर्गत ६ जुलाई २०१८ मा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको थियो। पछि, उनले आफ्नो सजाय र सजायको विरुद्धमा पुनरावेदन गरेकी थिइन् , तर उनको पुनरावेदन अक्टोबर ६ अक्टोबर २०२२ मा पुनरावेदन अदालतले खारेज गरि दिएको थियो । सारिदेवीले राष्ट्रपतिसमक्ष क्षमायाचनाको निवेदन गरे पनि उनको अनुरोध असफल भएको थियो ।

केन्द्रीय नार्कोटिक्स ब्यूरोले सबैभन्दा गम्भीर लागुऔषध ओसारपसारका मुद्दाहरूका लागि मृत्युदण्डको सजाय आरक्षित गरिएको कुरामा जोड दिएको छ, विशेष गरी लागूऔषध दुव्र्यसन गर्नेहरूलाई मात्र नभई तिनीहरूको परिवार र व्यापक समाजलाई पनि ठूलो हानि पुऱ्याउने भएकाले लागुऔषधको कानूनलाई कठोर रुपमा लागू गर्ने गरेको छ । सिङ्गापुरले मृत्युदण्डको सजाय मार्फत लागूऔषधको रोकथामको रणनीतिलाई अबलम्बन गर्दै यसबाट लागूऔषधको माग र आपूर्ति दुवैलाई नियन्त्रण गर्न सकिने बिश्वास गर्दछ ।

सेन्ट्रल नार्कोटिक्स ब्यूरोले सिङ्गापुरमा लागूऔषध सम्बन्धी अपराधहरू रोक्न र यसका नागरिक र समग्र समाजको भलाइको रक्षा गर्न कठोर निर्णयहरू कायम राख्ने प्रतिबद्वता जनाएको छ ।

यसैविच, संयुक्त राष्ट्रसंघले सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img