Wednesday, April 16, 2025
51.3 F
Washington DC.

पश्चिम अफ्रिकी देशहरूद्वारा एक हप्ता भित्र निर्वाचित राष्ट्रपतिलाई पुनर्स्थापना गर्न नाइजरका विद्रोहिहरूलाई अल्टिमेटम, ‘युद्ध’ को चेतावनी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पश्चिम अफ्रिकी देशहरूले नाइजरका विद्रोहका नेताहरूलाई देशको प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पुनर्स्थापना गर्न एक हप्ताको समय दिएका छन् र उनीहरूको माग पूरा नभए बल प्रयोग गर्ने चेतावनी दिएका छन्।

नाइजेरियामा आइतबार पश्चिम अफ्रिकी देशहरूको आपतकालीन बैठकको अन्त्यमा उक्त घोषणा गरिएको हो। नाइजरमा गत हप्ता भएको सैन्य विद्रोहको बारेमा छलफल गर्न क्षेत्रीय ब्लक इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (ECOWAS) को आपतकालीन बैठक बसेको हो।

राष्ट्रपति मोहम्मद बजुम हाल घरमै नजरबन्दमा छन् र उनले अहिलेसम्म राजीनामा दिएका छैनन्।

“यदि अधिकारीहरूको माग एक हप्ता भित्र पूरा भएन भने, नाइजर गणतन्त्रमा संवैधानिक ढाँचा पुनर्स्थापित गर्न बल प्रयोग सहित सबै आवश्यक कदम चालिनेछ,” बैठक पश्चात पश्चिम अफ्रिकी देशहरूले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन । समूहले ECOWAS सदस्य राष्ट्रहरू र नाइजर बीचको सबै व्यापार र वित्तीय लेनदेनहरू खारेज गर्ने र क्षेत्रीय केन्द्रीय बैंकहरूमा सम्पत्ति फ्रिज सहित कडा प्रतिबन्धहरू लगाएको छ।

पश्चिम अफ्रिकी देशहरूको निर्णयलाई अमेरिका र युरोपियन संघले स्वागत र समर्थन गरेका छन। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (ECOWAS) द्वारा उठाइएका उपायहरूको लागि पूर्ण समर्थन व्यक्त गरेका छन् , जसले विद्रोहका नेताहरूमाथि प्रतिबन्ध लगाएको थियो र उनीहरूलाई सत्ता त्याग्ने वा सम्भावनाको सामना गर्न एक हप्ताको समय दिएको थियो।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पष्ट रूपमा भनेका छन् कि राष्ट्रपति बाजोमलाई कुनै ढिलाइ नगरी सत्तामा पुनर्स्थापित गर्नुपर्दछ। थप रूपमा, उनले विदेशी हस्तक्षेपको आरोपको खण्डन गर्दै नाइजरका विद्रोहिलाई चेतावनी दिए कि नागरिक वा कूटनीतिक कर्मचारी र सुविधाहरूमा कुनै पनि आक्रमणको लागि उनीहरु उत्तरदायी हुनेछन ।

त्यसै गरी, अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले नाइजरमा संवैधानिक व्यवस्थाको रक्षा गर्न ECOWAS को बलियो नेतृत्वको प्रशंसा गर्दै युरोपेली संघको भावनाहरू प्रतिध्वनित गरे। संयुक्त राज्य अमेरिका पनि राष्ट्रपति बाजोमको तत्काल रिहाई र नाइजरको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारको पुनर्स्थापनाको लागि आह्वानमा सामेल भएको ब्लिन्केनले बताएका छन् ।

आर्थिक प्रतिबन्धले विश्वको तेस्रो गरिब देश नाइजरलाई गहिरो असर पार्न सक्छ, संयुक्त राष्ट्र संघले जारी गरेको पछिल्लो तथ्यांकले देखाएको छ। अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका अनुसार, नाइजरले आफ्नो विद्युतीय ऊर्जाको ९० प्रतिशत नाइजेरियाबाट आयातमा निर्भर गर्दछ। नाइजरका प्रधानमन्त्री ओहौमाडोउ महमदौले आइतबार फ्रान्सेली मिडिया आउटलेट रेडियो फ्रान्स इन्टरनेशनललाई भने कि प्रतिबन्धहरू विनाशकारी हुन सक्छ र नाइजरले उनीहरूबाट बच्नको लागि समाधान खोज्नु आवश्यक छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img