Monday, May 19, 2025
74.2 F
Washington DC.

चार दिनमा डेंगुका बिरामी एक हजारले बढे

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पछिल्लो समय नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लामा एक हजार ४४ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

सबैभन्दा बढी प्रभावित प्रदेशमा बागमती प्रदेशमा २९१, त्यसपछि सुदूरपश्चिम प्रदेशमा १७३, गण्डकी प्रदेशमा १७१, कोशी प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, कर्णाली प्रदेशमा १६ र मध्यप्रदेशमा १४ संक्रमित छन् ।

हालै सुनसरी जिल्लामा डेंगुका कारण तीन जनाको मृत्यु भएको पनि डा मरासिनीले जानकारी दिए । यसबाहेक ७० जिल्लामा ५ हजार ६८८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै पुष्टि भएका घटनाहरू कोशी प्रदेशमा छन्, जसमा ३,८२१ केसहरू छन्।

डेंगुको ज्वरो एडिस जातको लामखुट्टे, विशेष गरी एडिस एजिप्टाई प्रजातिबाट सर्ने डेंगु भाइरसको कारणले हुन्छ। यसका लक्षणहरूमा उच्च ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, जोर्नी दुख्ने, रातो बिमिरा आउने , बान्ता हुने, रगत बग्ने लगायतका लक्षण देखिन्छन् । यी लक्षणहरू देखिना साथ् तुरुन्तै चिकित्सकको सल्लाह लिदै उपचार गर्नु पर्दछ ।

डा. मरासिनीले डेंगुको संक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो, विशेष गरी एडिस प्रजातिका लामखुट्टेको टोकाइबाट बच्न उनले सल्लाह दिएका छन् । सुत्दा लामखुट्टेको जाली (झुल) प्रयोग गर्ने, खेतमा काम गर्दा लामो बाहुला र पाइन्ट लगाउने, लामखुट्टे नियन्त्रण गर्ने, घर र वरपर सफा राख्ने जस्ता सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।

बढ्दो डेंगु संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयलाई हरेक शुक्रबार बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म सबै कर्मचारीको सहभागितामा सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । (गोरखापत्र दैनिकको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img