spot_img
Tuesday, September 24, 2024
66.6 F
Washington DC.
spot_img

अमेरिकाको हवाईको जंगलमा भीषण आगलागी, कम्तिमा ३६ जनाको मृत्यु, हजारौले घर छोडे

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हवाई राज्यको माउई काउन्टीको लाहाइना जंगलमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । माउ काउन्टीले बुधबार साँझ आफ्नो वेबसाइटमा जारी एक विज्ञप्तिमा यो जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘दक्षिणबाट गुज्रिएको डोरा आँधीका कारण जंगलमा आगलागी भएको थियो, जसले धेरै गाडी जलेर कैयौं ऐतिहासिक भवनहरु भग्नावशेषको थुप्रोमा परिणत भएका थिए । रातभरि आगोको ज्वाला बढिरहँदा बालबालिका र वयस्कहरूलाई आफ्नो ज्यान जोगाउन समुद्रमा डुब्न बाध्य पारेको बताइएको छ।

यसअघि अधिकारीहरूले आगलागीका कारण २७१ संरचनामा क्षति पुगेको र दर्जनौं घाइते भएको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार हवाईको माउई टापुमा लागेको डढेलो नियन्त्रण गर्न ‘सबै उपलब्ध संघीय स्रोतहरू’ प्रयोग गर्न आदेश दिएका छन् । राष्ट्रपतिले उद्धार कार्यमा तटरक्षक र नौसेनाले पनि सहयोग गरिरहेको बताएका छन्  ।

आगो निभाउनका लागि नौसेनाले ब्ल्याक हक हेलिकप्टर उपलब्ध गराएको छ भने हवाई नेशनल गार्डले आगो निभाउन र खोजी तथा उद्धार कार्यका लागि चिनूक हेलिकप्टर तैनाथ गरेको छ। यातायात विभागले टापुमा फसेका पर्यटकहरूलाई बाहिर निकाल्न वाणिज्यिक एयरलाइन्ससँग काम गरिरहेको साथै गृह र कृषि विभागहरू आगो निभिएपछि राहत कार्यमा सहयोग गर्न तयार रहेको राष्ट्रपतिले बताएका छन् ।

राष्ट्रपतिले एक विज्ञप्तिमा “प्रियजनहरू गुमाएका परिवारहरूप्रति संवेदना व्यक्त गर्दै  “यो खतरासँग लड्न जारी राख्ने साहसी अग्नि नियन्त्रकहरू र उद्धारकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्दछु ,” भनेका छन्।  माउ काउन्टीले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार लहैना, पुलेहु र दुर्गम क्षेत्रमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । काउन्टीका अनुसार २ हजार १ सय भन्दा बढी मानिसहरूलाई रातभर चार आपतकालीन आश्रयहरूमा राखिएको थियो भने अन्य २ हजार यात्रुहरूलाई काहुलुई एयरपोर्टमा राखिएको थियो। लहाइना पर्यटकीय गन्तव्यका भिडियो र तस्बिरहरूले यस ऐतिहासिक सहरमा माउको जंगलमा लागेको डढेलोबाट भएको विनाश देखाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img