प्रतिपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमाथि संसदमा बिहीबार जवाफ दिँदै अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको उच्च मूल्य घटाउन नेपालबाट टमाटर आयात भइरहेको र पहिलो खेप शुक्रबार वाराणसी, लखनउ र कानपुर आई पुग्ने बताएकी छन् । भारत सरकारले टमाटर आयातमा लगाएको प्रतिबन्ध समेत फुकुवा गरेको छ । यस हप्ताको अन्त्यसम्म, टमाटरको थोक बिक्री मूल्य दिल्ली र एनसीआरमा प्रति किलोग्राम ७० रुपैयाँमा हुने अर्थमन्त्री सीतारमणले संसदलाई जानकारी गराएकी छन ।
नेपालबाट टमाटर आयातका लागी भारतीय राष्ट्रिय सहकारी उपभोक्ता महासंघ (एनसीसीएफ) र नेफेड मार्फत गरिने भएको छ। आन्ध्र प्रदेश र कर्नाटकको थोक बजारमा टमाटरको भाउ घट्दै गएको र अन्य स्थानमा पनि टमाटरको मूल्य घट्ने अपेक्षा गरिएको अर्थमन्त्रीले बताए । कर्नाटकको कोलार मण्डीबाट प्रतिकिलो ८५ रुपैयाँमा टमाटर किन्न आदेश दिइएको छ ।
अर्थमन्त्री सीतारमणका अनुसार महाराष्ट्र र आन्ध्र प्रदेशबाट पनि टमाटर खरिद भइरहेको छ । बिहार, पश्चिम बंगाल र उत्तर प्रदेश जस्ता राज्यमा पनि टमाटर सस्तोमा बिक्री भइरहेको छ । सीतारमणले मुद्रास्फीति घटाउन सरकारले धेरै कदम चालेको तर थप कदम चाल्न आवश्यक रहेको बताएकी छन् । प्रतिपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावमाथि संसदमा जवाफ दिँदै अर्थमन्त्रीले विश्व अर्थतन्त्र उच्च मुद्रास्फीति र सुस्त बृद्धिको चुनौतीसँग जुधिरहेको बेला भारत तीव्र गतिमा वृद्धि हुने मुलुक बनेको बताइन ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया