Monday, May 19, 2025
76.3 F
Washington DC.

अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने व्यक्तिलाई एफबीआईको इनकाउण्टर

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको इनकाउण्टर कारवाहीमा मारिएका छन् । आरोपित व्यक्ति अमेरिकाको उटाहका निवासी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनको उटाह भ्रमण गर्ने कार्यक्रम हुनुभन्दा केही घण्टा अघि एफबीआईले आरोपीको लुक्ने ठाउँमा छापा मारेको थियो र सुरक्षा निकायको कारबाहीमा मारिएको थियो।

एफबीआईले अभियुक्तको मृत्यु भएको पुष्टि गरेको छ । एफबीआईले आफ्ना विशेष एजेन्टहरूले आरोपीलाई पक्राउ गर्ने प्रयास गरेको तर आरोपीको आक्रामक व्यवहारका कारण बिहान ६:१५ बजे गोली हानाहान भएको थियो, एफबीआईले एक विज्ञप्तिमा बताएको छ । सुरक्षा एजेन्सीले आरोपीको पहिचान खुलाएको छैन तर मिडियाहरूका अनुसार उटाहको संघीय अधिवक्ताको कार्यालयले दायर गरेको उजुरीमा आरोपीको नाम क्रेग डेलिउ रोबर्टसन रहेको छ।

रोबर्टसन गोलीबारीको समयमा सशस्त्र भएको एसोसिएटेड प्रेससँग दुई कानून प्रवर्तन स्रोतहरूले चलिरहेको अनुसन्धानको विवरणहरू छलफल गर्न नाम नछाप्ने सर्तमा बताएको जनाएको छ ।

मिडियाका अनुसार आरोपी क्रेग रोबर्टसनको अनलाईन प्रोफाइल अनुसार करिब ७४ वर्षका थिए र उनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर समर्थकको रूपमा बताउदै आएका थिए ।

रोबर्टसनको फेसबुक पेज बाइडेनका विरुद्ध घृणित र धम्कीपूर्ण टिप्पणीहरूले भरिएको बताइएको छ । रोबर्टसनले सामाजिक सञ्जाल पोस्टमा बाइडेनलाई मार्ने धम्की दिएका थिए। एक पोस्टमा, रोबर्टसनले लेखेका थिए , ‘मैले सुनेको छु कि बाइडेन उटाह आउँदैछन्। मेरो एम २४ स्नाइपर राइफलबाट धुलो सफा गर्नु छ । जोकरहरूको प्रमुखलाई स्वागत छ।”

समाचार सुत्रका अनुसार आरोपीले डोनाल्ड ट्रम्प विरुद्ध आरोप लगाउने म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन ब्राग, उप राष्ट्रपती कमला ह्यारिस र अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई समेत धम्की दिएको जनाइएको छ । आरोपी रोबर्टसनले सामाजिक सञ्जालमा आफ्ना हतियारका तस्बिरहरू पनि सेयर गरेका थिए , जसमा एक अर्ध-स्वचालित राइफल पनि समावेश छ। त्यसलाई उनले ‘डेमोक्र्याट इराडिकेटर’ नाम दिएका छन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img