spot_img
Tuesday, September 24, 2024
66.6 F
Washington DC.
spot_img

स्पेन र स्वीडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फिफा महिला विश्वकप फुटबलको नवौं सिजन अष्ट्रेलिया र न्युजिल्याण्डमा चलिरहेको छ । न्यूजिल्याण्डको वेलिंगटनमा भएको क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स भिड्दै थिए । पहिलो हाफ गोलरहित भएको थियो । दोस्रो हाफमा स्पेनका लागि ८१ औं मिनेटमा मारियोना काल्डेन्टेले पेनाल्टीबाट गोल गरेकी थिइन् । यसको जवाफमा नेदरल्याण्ड्सकी स्टेफनी भान डेर ग्राचले इन्जुरी समयमा (९०+१औं मिनेटमा) गोल गर्दै खेललाई रोमाञ्चक बनाएकी थिइन् । खेलको अन्त्यमा १–१ गोलको बराबरीमा रहेको थियो ।

त्यसपछि दुवै टोलीलाई १५ मिनेट अतिरिक्त समय दिइएको थियो । जसमा १११ औं मिनेटमा स्पेनकी साल्मा पारालोले गोल गरिन् । खेलको अन्त्यमा २–१ ले जित्दै स्पेन पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्वीडेन २-१ ले विजयी
जापान र स्वीडेन अकल्याण्डमा अर्को क्वार्टर फाइनलमा भिडेका थिए । उक्त रोमाञ्चक खेलमा स्वीडेनले जापानलाई २–१ ले पराजित गर्दै पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीडेनका लागि अमान्डा इल्स्टेड (३२औं मिनेट) र फिलिपा एन्जेल्डल (५१औं मिनेट)ले एक–एक गोल गरे । जापानका लागि होनोका हायासी (८७ औं) ले सान्त्वना गोल गरे ।

यस संगै अकल्याण्डमा १५ तारिखमा स्पेन र स्वीडेन सेमिफाइनलमा भिड्नेछन् । उक्त सेमिफ़ाइनलमा विजयी हुने फिफा महिला विश्वकपको फाइनलमा पुग्नेछन् र इङ्गल्याण्ड, कोलम्बिया, अष्ट्रेलिया वा फ्रान्स मधे एक संग भिड्नेछन्।

फिफा महिला विश्वकपको फाइनल अगस्ट २० आइतवार सिड्नीको स्टेडियम अस्ट्रेलियामा १२:०० CET / २०:०० स्थानीय समयमा खेलिनेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img