spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई “उच्च राजद्रोह” को मुद्दा चलाउने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नाइजरका विद्रोही सैनिकहरूले “उच्च देशद्रोह” र राष्ट्रको सुरक्षालाई खतरामा पारेको आरोपमाअपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई मुद्दा चलाउने घोषणा गरेका छन्। यो घोषणाले बढ्दो क्षेत्रीय संकट समाधान गर्ने उद्देश्यले पश्चिम अफ्रिकी देशहरूसँग वार्तामा संलग्न हुन विद्रोही सैनिकहरूको खुलापनलाई असर गर्ने देखिएको छ ।

सैन्य शासनका प्रवक्ता कर्णेल मेजर अमाडो अब्दुरहमानले राज्य टेलिभिजनमा बोल्दै नाइजरको आन्तरिक र बाह्य सुरक्षामा उच्च राजद्रोहको आरोपको पुष्टि गर्दै राष्ट्रपति बाजुम र उनका सहयोगीहरू, घरेलु र विदेशी दुवै विरुद्ध।प्रमाणहरू भएको दाबी गरेका छन ।

उनले सम्भावित सैन्य हस्तक्षेपकोका सन्धर्भमा केहि उच्च पदस्थ पश्चिम अफ्रिकी राजनीतिज्ञहरू र तिनीहरूका “अन्तर्राष्ट्रिय मालिकहरू” ले शान्तिपूर्ण समाधानलाई बाधा पुर्‍याउने प्रयासमा झूटा प्रचार गरेको आरोपहरू लगाएका छन । यद्यपि उनले कुनै खास पश्चिमी राष्ट्रहरूको नाम लिएनन्।

नाइजरको राष्ट्रपतिमा प्रजातान्त्रिक रूपमा निर्वाचित भएका बाजुमलाई जुलाई २६ मा आफ्नै सेनाका सदस्यहरूले गरेको विद्रोहमा बलपूर्वक सत्ताबाट हटाइएको थियो । हाल, उनी आफ्नो परिवारसहित नियामीको राष्ट्रपति निवासमा नजरबन्दमा छन्।

अपदस्थ राष्ट्रपति र उनको सत्तारूढ़ पार्टी निकटवर्तीहरूले बिजुली, पानी, र खाना जस्ता आवश्यक सेवाहरू कथित रूपमा कटौतीको साथ, उनीहरूले जीवनको कठिन अवस्थाको सामना गरिरहेको रिपोर्टहरू बाहिरिएका छन । उता, नाइजर बिद्रोहीहरुले विद्रोहको वैधतालाई कमजोर पार्न गलत सूचना फैलाएको आरोप लगाउँदछ।

अन्तर्राष्ट्रिय समुदायको दबाब, विशेष गरी पश्चिम अफ्रिकी क्षेत्रीय समूह (इकोवास) ले यथाशक्य छिटो राष्ट्रपति बाजोमलाई पुनर्स्थापित गर्न चाहेको छ । इकोवासले प्रारम्भमा सैन्य शासनलाई बजौमलाई सत्तामा पुर्नस्थापित गर्न सात दिनको अल्टिमेटम दिदै नभएमा सैन्य हस्तक्षेपको धम्की दिएको थियो। तर, कुनै पनि पक्षबाट कुनै कारबाही नगरी यो अल्टिमेटम लागू भएको छैन ।

इकोवासले नाइजरमा संवैधानिक शासन पुनर्स्थापित गर्न “रिजर्भ” बलको तैनातीलाई अधिकार दिएको छ। नाइजेरिया, बेनिन, सेनेगल र आइभरी कोस्टले यस अपरेशनमा सेनाहरू योगदान गर्न प्रतिबद्ध जाहेर गरेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img