spot_img
Friday, November 22, 2024
34.8 F
Washington DC.
spot_img

पेरिस सेन्ट जर्मेन र अल हिलालबीच नेमार ट्रान्सफरको लागि सम्झौता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ब्राजिलका स्टार फुटबल खेलाडी नेयमार जुनियर अब साउदी अरेबियामा आवद्व हुने भएका छन। साउदी अरेबियाको अल हिलालले उनलाई ९८. ५ मिलियन डलर को अफर गरेको छन । क्लबले दुई वर्षका लागि मात्र नेयमारका लागि यति धेरै पैसा दिने निर्णय गरेको छ । नेयमार कमाईको हिसाबले क्रिस्टियानो रोनाल्डोभन्दा पछि मात्रै छन्।

३१ वर्षीय नेयमार हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका खेलाडी हुन् र क्लबले उनलाई लिग–१ को पहिलो खेलमा लरेन्टविरुद्धको टोलीमा छानेको थिएन । पीएसजीले यो खेल जित्न सकेन र खेल ०-० को बराबरीमा सकियो।

शनिबार (१२ अगस्ट) अरब क्लब च्याम्पियन्स कपको फाइनलमा अल हिलालको टोली अल नासरसँग पराजित भएको थियो। अल नास्त्राको टोलीका कप्तान पोर्चुगलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । रोनाल्डोले साउदी अरबमा पहिलो पटक उपाधि जितेका हुन् । यदि नेमारले अल हिलालसँगको सम्झौता पूरा गरे भने उनी रोनाल्डोसँग खेल्नेछन् ।

फ्रान्सेली आउटलेट L’Equipe का अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी ) र अल हिलालले नेयामारको स्थानान्तरण सर्तहरूमा सहमत भएका छन् तर सम्झोताको बिबरण सावजनिक हुन बाकि रहेको छ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, साडियो माने, करिम बेन्जेमा र रियाद महरेज, एङ्गोलो कान्टे जस्ता स्टार खेलाडीहरूको पाइला पछ्याउँदै नेयामार युरोपबाट मध्यपूर्व जाने भएका छन ।

सन् २०१७ मा कीर्तिमानी २२२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी भित्रिए पनि नेयमारले फ्रेन्च क्लबबाट राम्रो प्रदर्शन गर्न सकेनन् । उनी शनिबार भएको लोरेन्टविरुद्धको खेलदेखि नै पीएसजीको टिमबाट बाहिर थिए ।

उता , स्टार फुटबलर केलियन एमबाप्पेलाई पीएसजीले मुख्य टोलीमा समावेश गरेको छ । उसले लिग-१ को दोस्रो खेलमा टुलुज विरुद्ध खेल्ने मौका पाउन सक्छ। उनी लरेन्टविरुद्धको पहिलो खेलमा छनोट भएनन् । पीएसजीले पनि एमबाप्पेसँगको सम्झौता सुल्झाउने प्रयास गरिरहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img