spot_img
Saturday, November 23, 2024
52.2 F
Washington DC.
spot_img

अमेरिकामा ५ भारतीय सहित २३ मानव तस्कर पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

केर्न काउन्टी, क्यालिफोर्नियामा बिभिन्न सुरक्षा निकायहरुद्वारा संयुक्त रूपमा चलाइएको चार दिन लामो ‘अपरेशन ब्याड बार्बी’ अन्तर्गत मानव बेचबिखन र बालबालिकाको यौन शोषणको आरोपमा २३ जना पक्राउ परेका छन् । यी २३ जनामा ​​५ भारतीय नागरिक पनि छन् ।

केर्न काउन्टी जिल्ला न्यायधिवक्ता सिन्थिया जिमरको कार्यालयमा आयोजित सोमबारको पत्रकार सम्मेलनमा जिमरले जानकारी दिए अनुसार , बहुएजेन्सी टास्क फोर्सका प्रतिनिधिहरूले “अपरेसन ब्याड बार्बी” तीन महिना अघि सुरु गरेका थिए जसमा ४० भन्दा बढी अधिकारीहरू र गुप्तचर कर्मचारीहरू संलग्न रहेको बताइन ।

अगस्ट ९ देखि १२ सम्म पक्राउ परेका २१ जना — २३ देखि ५६ वर्षका भएको र उनीहरु मानव बेचबिखन, पिम्पिङ, पन्डरिङ, नाबालिगलाई प्रलोभनमा पार्न हानिकारक सामग्री पठाउने जस्ता बालबालिकाको यौन शोषण लगायतका आरोपमा पक्राउ गरिएको न्यायधिवक्ता जिमरले पत्रकार सम्मेलननमा जानकारी गराइन ।

मानव बेचबिखनको बारेमा जानकारी दिँदै अधिवक्ता सिन्थिया जिमर (तस्बिर: भिडियो स्क्रिन सर्ट)

यस अपरेशनमा यी २३ जनालाई अमेरिकी प्रहरीले पक्राउ गरेको थियो र पक्राउ परेका ५ भारत पञ्जाबका भएको बताइएको छ । जसमा ३५ वर्षीय जसविन्दर सिंह, ५४ वर्षीय जोगिन्दर सिंह, ५४ वर्षीय राजिन्दरपाल सिंह, ३३ वर्षीय निशान सिंह र ४४ वर्षीय कर्नैल सिंह रहेका छन् ।

साथै, पक्राउ परेका अन्यमा: साल्भाडोर साल्सेडो (५६), ड्यानियल हर्नान्डेज (३६), डिएगो गोन्जालेज (३६), जोस ट्रेजो (३३), रोनी जर्मेन विली (३०), अल्बर्टो रोड्रिग्ज (२३), एन्टोनियो रोमेरो जुनियर (३०), विलियम अल्फ्रेडो पेरेज स्यान्डोभल (३०) २६)), माइनर भेलास्क्वेज (३८), रोलान्डो लोपेज (२३), माइकल पिटर मुर्तला (४३), एली रोबर्ट विल्सन (२९)। ), रिकी ट्राभोन वाकर (४०), डेभोन पल टेलर (३१), जोशुआ गेमिरा जोन्सन (३८), क्रिस्टोफर ली ग्रिनर (३६) पनि आरोपित छन् ।

गुनासो आएपछि ‘अपरेशन ब्याड बार्बी’ सुरु गरिएको पत्रकारहरूलाई सम्बोधन गर्दै केर्न काउन्टीको बेकर्सफिल्ड जिल्ला अधिवक्ता सिन्थिया जिमरले बताइन। क्यालिफोर्नियाको न्याय विभागले तस्करी विरोधी अभियानलाई ‘अपरेशन ब्याड बार्बी’ नाम दिएको छ। यस अपरेसनको एक भागको रूपमा पक्राउ गरिएका अधिकांश युवाहरू केर्न काउन्टीका हुन्।

जिल्ला न्यायधिवक्ता सिन्थिया जिम्मरले आफूले मानव बेचबिखनका साथै बाल यौन दुर्व्यवहारका मुद्दाहरू प्राप्त गरेको बताइन्। बालबालिकासँग केही आपत्तिजनक सामग्री पनि फेला परेको छ । जसका आधारमा केही व्यक्ति पक्राउ परे पनि मुद्दा ठूलो भएपछि सबै निकायले मिलेर कारबाही गरेका थिए । यस अपरेशनमा ३ जना पीडितको पनि उद्धार गरिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

जिममा भन्दा घरको काममा श्रीमतीलाई सहयोग गर्दा पुरूषले पाउछ धेरै स्वास्थ लाभ

दिनको कामको थकानले भरिएका उनीहरू, आयुष र प्रीति, साँझ घर फर्किए। दुवै एकअर्काको साथमा समय बिताउन चाहन्थे, तर उनीहरूको...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img