spot_img
Tuesday, September 24, 2024
61.9 F
Washington DC.
spot_img

रुसको ‘लुना–२५ मिसन चन्द्रमामा दुर्घटनाग्रस्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसको लुना–२५ मिसन चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले यो जानकारी दिएको हो । एक दिनअघि मात्र लुना–२५ अन्तरिक्ष यानमा प्राविधिक त्रुटि देखिएको थियो । लुना-ग्लोब ( लुना-२५) चन्द्रमाको अन्वेषणको लागि सोभियत रूसमा विकसित गरिएको पहिलो रोबोटिक मिसन हो।

रुसको अन्तरिक्ष निगम रोस्कोसमोसले रुसको लुना-२५ अन्तरिक्ष यान अनियन्त्रित कक्षमा घुमेपछि चन्द्रमासँग ठोक्किएको बताएको छ । रोसकोसमोसले एक दिनअघि अवतरण गर्नुअघि अर्विट परिवर्तन गर्दा असामान्य अवस्था आएको र त्यसका कारण लुना–२५ ले अर्विट ठीकसँग परिवर्तन गर्न नसकेको बताएको थियो । सोमबारको लागि योजनाबद्ध टचडाउन भन्दा अगाडि शनिबार ११ :१० जिएमटि मा अन्तरिक्ष यानलाई प्रि-ल्यान्डिङ अर्बिटमा उठाउने प्रयास गर्दा यो अवस्था आएको बताइएको छ ।

अन्तरिक्ष एजेन्सीका अनुसार विशेषज्ञहरू अचानक देखा परेको समस्या समाधान गर्न असमर्थ थिए। त्यसका लागि उनीहरु निरन्तर काम गरेका थिए । यसअघि रुसी एजेन्सीले लुना अगस्ट २१ मा चन्द्रमाको सतहमा अवतरण गर्ने बताएको थियो ।

यसअघि शनिबार रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले रुसको लुना–२५ अन्तरिक्ष यानमा प्राविधिक त्रुटि भएको पुष्टि गरेको थियो । लुना–२५ ले अवतरणअघि कक्षा परिवर्तन गर्दा असामान्य अवस्थाका कारण कक्षा ठीकसँग परिवर्तन गर्न नसकेको रोसकोसमसले शनिबार बताएको छ ।

रुसको अन्तरिक्ष निगम रोस्कोसमोसले जनाए अनुसार लुना – २५ ले चन्द्रमाको ग्राउण्ड क्रेटरहरूको तस्बिरहरू पोस्ट गरेको थियो। यो चन्द्रमाको दक्षिणी गोलार्धको तेस्रो गहिरो क्रेटर हो, जसको व्यास १९० किमी र गहिराई ८ किमी छ। लुना–२५ बाट अहिलेसम्म प्राप्त तथ्यांकबाट चन्द्रमाको माटोमा रासायनिक तत्व रहेको जानकारी प्राप्त भएको एजेन्सीले जनाएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार लुना–२५ ल्यान्डरलाई रुसको भोस्टोनी कस्मोड्रोमबाट अगस्ट ११ शुक्रबार बिहान ४.४० बजे प्रक्षेपण गरिएको थियो । लुना-२५ सोयुज २.१बी रकेटमा चन्द्रमामा पठाइएको थियो। यसलाई लुना-ग्लोब मिसन नाम दिइएको थियो । रकेटको लम्बाइ लगभग ४६. ३ मिटर छ, जबकि यसको व्यास १०. ३ मिटर छ। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लुना–२५ चन्द्रमातर्फ प्रस्थान गरेको जनाएको छ । पाँच दिनसम्म यो चन्द्रमातर्फ सर्नेछ । यसपछि ३१३ टन तौलको रकेटले ७–१० दिनसम्म चन्द्रमाको परिक्रमा गर्नेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img