Friday, March 6, 2026
53.4 F
Washington DC.

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँ भन्दा बढी फेला

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मुस्ताङको कागबेनीमा भारी बर्षाका कारण आएको विनाशकारी बाढीले पुरिएको डेढ करोड रुपैयाँ भन्दा बढी फेला परेको छ। आइतबार यहाँका स्थानीयवासी, सुरक्षाकर्मी, र बैंकका कर्मचारीहरूले संयुक्त रुपमा खोजी गर्दा भग्नावशेषबाट उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

भारी बर्षाका कारण कागबेनी स्थित प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको भवन पुरिएको थियो, जसबाट ठुलो रकम बाढीले पुरिएकाले खोजी गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार, प्रभु बैंकको भवनलाई बाढीले पुरेको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको भवन पनि बर्षाको प्रकोपमा बाढीसँगै आएको लेदोले भरिएको थियो। यसको परिणामस्वरूप, उक्त रकम पनि पुरिन गएको उनले बताए । आज उत्खनन गरी फेला पारिएको रकम सुरक्षित रहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिएका छन्।

प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार बैंकको भवन बाढीको कारणमा नष्ट भएको छ, भल्टसँगै पैसा फेला परेकाले पैसा पुरिएको बैंकको पहिचान गर्न सहज भएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img