spot_img
Friday, November 22, 2024
41.8 F
Washington DC.
spot_img

पाकिस्तानको उचाइमा फसेको केबलकारबाट सबैआठजनाको उद्धार – प्रधानमन्त्री

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा उचाइमा पुगेको केबलकारमा फसेका सबै आठ व्यक्तिलाई सफलतापूर्वक उद्धार गरिएको पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उक्त केबलकारमा आएको अप्रत्याशित समस्याका कारण ६ जना बालबालिका र दुई जना शिक्षकसहित ८ जना अलपत्र परेका थिए।

विद्यार्थी र उनीहरूका शिक्षकहरू विद्यालय जाने जाँदै गर्दा बिहान ९ बजे घटना भएको स्थानिय संचाम माध्यमले जानकारी दिएका छन। उनीहरुलाई गन्तव्यमा पुर्‍याउन लागेको केबुलकारमा प्राविधिक समस्या आएपछि उनीहरु पहाडी क्षेत्रको उचाइमा केवलकार रोकिएकाले अलपत्र परेका थिए । उनीहरुको उद्धारको खबरले यतिबेला गाउलेहरुमा उत्साह फैलिएको छ।

प्रधानमन्त्री अनवर कक्कडले कृतज्ञता व्यक्त गर्दै सामाजिक संजाल एक्समा लेखेका छन् , “अलहमदोलिल्लाह सबै बालबालिकालाई सफलतापूर्वक र सकुशल उद्धार गरिएको थाहा पाउँदा खुसी लाग्यो। सेना, उद्धार विभाग, जिल्ला प्रशासन र स्थानीय जनताको उत्कृष्ट टिमवर्क। सफल नतिजाको श्रेय सेना, उद्धार विभाग, जिल्ला प्रशासन र स्थानीय बासिन्दा लगायत विभिन्न पक्षको सहयोगी प्रयासलाई दिइएको छ ।”

पाकिस्तानी सेनाको विशेष सेवा समूह (एसएसजी) कमाण्डोहरूले सावधानीपूर्वक योजनाबद्ध हवाई उद्धार अभियानको आयोजना गरेका थिए। चुनौतीपूर्ण भूभाग र उच्च उचाइले हेलिकप्टरको प्रयोग आवश्यक थियो, जुन फसेका व्यक्तिहरूसम्म पुग्न कुशलतापूर्वक परिचालन गरिएको थियो। अनिश्चित परिस्थितिको बावजुद, एसएसजी कमाण्डोहरूले उल्लेखनीय कौशल र दृढ संकल्प प्रदर्शन गर्दै उद्वार कार्य सम्पन्न गरेका थिए ।

यसअघि माथिल्लो कोहिस्तान जिल्लाको समर नाला क्षेत्रमा केबल कार सिन्धु नदीमा खस्दा चार जनाको मृत्यु भएको थियो । मृतकहरू गिलगिट-बाल्टिस्तानको शितियालबाट तान्गिर क्षेत्रमा नदी पार गर्दै गर्दा केवल कारको तार चुडिएर तीब्र गतिमा बग्ने नदीमा खसेको थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भर्जिनियाको साउथ राइडिङमा भयानक गाडी दुर्घटनामा दुईजनाको मृत्यु, चालक पक्राउः मदिरा सेवनको शङ्का

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत साउथ राइडिङमा शुक्रबार बिहान भएको एक भयानक गाडी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img