Friday, March 6, 2026
62.1 F
Washington DC.

गजुरी नजिकै त्रिशूलीमा बस खस्दा आठजनाको मृत्यु , उद्वार जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरी नजिकै अनियन्त्रित भई त्रिशूलीमा खस्दा आठजनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेको थियो। बसमा ३०/३२ जना सवार थिए। जसमध्ये १६ जनाको उद्वार गरिएकोमा आठजनाको मृत्यु भएको जनाएको छ।

यतिबेला विभिन्न निकायसंगको समन्वयमा उद्वारकार्य जारी रहेको प्रहरीले बताएको छ।

धादिंड् प्रहरीका अनुसार अहिले दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा १६ जना र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमान्डमा आठजना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज उद्धारमा खटिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img