spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

युक्रेनमा सडक दुर्घटनामा १२ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनको मध्य भिन्नेसिया क्षेत्रमा मंगलबार भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको राष्ट्रिय प्रहरीको क्षेत्रीय विभागले बुधबार जनाएको छ ।

दुर्घटना बेलुका ७ : २८ बजे भएको थियो। स्थानीय समय (१६: २८ GMT) १२ जना यात्रु बोकेको यात्रुवाहक कार ब्रोडेत्स्के गाउँ नजिकैको क्षेत्रीय सडकमा भारी ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा २ वर्षदेखि १२ वर्षसम्मका ६ बालबालिकासहित चालक र सबै यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको र ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेको आरोपमा फौजदारी अभियोग लाग्ने ४२ वर्षीय ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

राष्ट्रिय प्रहरीका अनुसार यस वर्षको पहिलो आधा अवधीमा युक्रेनको सडकमा भएको सवारी दुर्घटनामा १ हजार ३ सय १४ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय ५५ जना घाइते भएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img