spot_img
Tuesday, September 24, 2024
61.6 F
Washington DC.
spot_img

भारतको ऐतिहासिक चन्द्रमा अवतरण: चन्द्रयान-३ को सफल टचडाउन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतले मानवरहित अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण गर्ने चौथो राष्ट्रको रूपमा इतिहासमा आफ्नो नाम कोरेको छ। चन्द्रयान-३ मिसनको विक्रम ल्यान्डरले बुधबार, अगस्ट २३, बिहान ८:३३ बजे दक्षिण ध्रुव नजिक चन्द्रमामा अवतरण गरेको थियो । भारतको चन्द्रयान–३ ले चन्द्रमामा सुरक्षित र सफ्ट ल्याण्डिङ गरेको थियो । यो मिसन भारतको तेस्रो चन्द्र अभियान हो।

चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण भएको थियो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले साँझ ६ः०४ बजे चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफ्ट ल्यान्डिङ गरेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आफ्नो प्रत्यक्ष प्रसारणमा यसबारे जानकारी दिएको हो ।

यस ऐतिहासिक उपलब्धिले भारत अब अमेरिका, रुस र चीनको सम्मानित समूहमा परेको छ। यस अघि अमेरिका, रुस र चीनले चन्द्रमामा सफल अवतरण गरेका थिय । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यो सफलता विज्ञान, ईन्जिनियरिङ्, टेक्नोलोजी, र उद्योगमा राष्ट्रको उल्लेखनीय प्रगतिको प्रमाण हो भन्दै आफ्नो खुशी व्यक्त गरेको छ ।

मिसन सफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण टोलीलाई बधाई दिँदै खुशी व्यक्त गरेका छन् । यस क्रममा उनले आफ्नो सम्बोधनमा भनेका छन्, ‘यस मिशनपछि हरेक भारतीयको छाती गर्वले भरिएको छ ।

यसैगरी, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक बिल नेल्सनले चन्द्रयान–३ को विक्रम ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेकोमा इसरोलाई बधाई दिएका छन् । उनले भनेका छन् , “चन्द्रयान-३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेकोमा इसरोलाई बधाई छ! चन्द्रमामा सफलतापूर्वक सफ्ट-ल्याण्ड गर्ने अन्तरिक्ष यान चौथो देश बनेकोमा भारतलाई बधाई छ। हामी यस अभियानमा तपाईंको साझेदार हुन पाउँदा खुसी छौं।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img