Thursday, April 23, 2026
80.1 F
Washington DC.

रुसको वाग्नर भाडा समूहका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु- समाचार एजेन्सीको रिपोर्ट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधबार राति भएको विमान दुर्घटनामा मृत्यु भएको बिभिन्न संचार माध्यमले जनाएका छन् । प्रिगोगिन निजी सेना वाग्नर समूहका प्रमुख थिए। रुसी समाचार एजेन्सी टासका अनुसार प्रिगोगिन सहित जहाजमा १० यात्रुहरु थिए र दुर्घटनामा सबैको मृत्यु भएको जनाएको छ ।

जानकारी अनुसार यो दुर्घटना बुधबार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । रुसको नागरिक उड्डयन प्राधिकरणले येभगेनी प्रिगोगिनको नाम यात्रु सूचीमा समावेश भएको बताएको छ । यो एम्बर विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो।

“आज साँझ टभर क्षेत्रमा भएको एम्ब्रेयर विमान दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ। यात्रुहरूको सूची अनुसार यो सूचीमा येभगेनी प्रिगोजिनको पहिलो र अन्तिम नाम समावेश थियो,” नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै तास समाचार एजेन्सीले उल्लेख गरेको छ।

ग्रे जोन” भनेर चिनिने वाग्नरसँग नजिकको टेलिग्राम च्यानलले उक्त विमानलाई रुसी रक्षा मन्त्रालयको वायु रक्षा बलले जानाजानी खसालेको आरोप लगाएको छ। च्यानलको म्यासेजमा भनिएको छ, “विमानलाई रुसी रक्षा मन्त्रालयको वायु रक्षा बलले टभर क्षेत्रको आकाशमा खसाल्यो।”

ग्रे जोन ले अर्को अपडेटमा उक्त दुर्घटनामा प्रिगोगिनको मृत्यु भएको जनाएको छ।

प्रिगोगिनले जुनमा पुटिनविरुद्ध विद्रोह गरे र कथित रूपमा बेलारुस भागेका थिए । त्यसैले उनी कहिले र कसरी रुस पुगे भन्ने खुलाइएको छैन । दुई दिनअघि प्रिगोगिनको पहिलो भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा दुर्घटनाका केही भिडियोहरू छन्, यद्यपि तिनीहरूको प्रामाणिकता पुष्टि हुन बाँकी छ।

भिडीयो: सामाजिक संजालबाट, यद्यपि प्रामाणिकता पुष्टि हुन बाँकी
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img