spot_img
Tuesday, September 24, 2024
61.6 F
Washington DC.
spot_img

जर्जिया चुनावी चलखेल मुद्दामा ट्रम्पले गरे आत्मसमर्पण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको चुनावी चलखेलको मुद्दामा एटलान्टाका अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका छन् ।

ट्रम्प आफ्नो गल्फ क्लब रहेको न्यु जर्सीबाट एटलान्टा उडेर बिहीबार साँझ हार्ट्सफिल्ड-ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए।

उनी फुल्टन काउन्टी जेलमा साँझ ७:३५ बजे आइ पुगेका थिए।

धरौटीमा रिहा भएको करिब २० मिनेटपछि पूर्वराष्ट्रपति ट्रम्प जेलबाट बाहिर निस्किएका थिए । एटलान्टाका न्यायाधीशले सोमबार ट्रम्पको लागि तोकेको २ लाख डलरको जमानत बुझाएर उनी जेल बाहार निस्किएका थिए ।

जेलमा प्रहरीले ट्रम्पको फिंगरप्रिन्ट लिएको थियो। राज्य अपराधको अभियोग लगाइएका अन्य व्यक्तिहरू जस्तै उनको एक मग शट (फोटो) समेत लिइएको थियो।

घर फर्कने क्रममा आफ्नो विमानमा चढ्नुअघि ट्रम्पले पत्रकारहरूलाई आफूले केही गलत नगरेको बताए।

“हामीले कुनै पनि गल्ती गरेका छैनौं। र हामीलाई धाधली भएको चुनावलाई चुनौती दिने हरेक अधिकार, प्रत्येक अधिकार छ,” उनले भने।

उनले आफ्नो अघिल्लो दावीलाई दोहोर्याउदै २०२० को राष्ट्रपति चुनाव “धाधली” र “चोरी” भएको बताए ।

“उनीहरूले जे गरिरहेका छन् त्यो चुनावी हस्तक्षेप हो। उनीहरूले चुनावमा हस्तक्षेप गर्न खोजिरहेका छन्। … यो उनीहरूको प्रचार गर्ने तरिका हो,” उनले २०२४ को राष्ट्रपतिको चुनावलाई उल्लेख गर्दै थपे। ट्रम्प पुन २०२४ को राष्ट्रपतिको चुनाव लडन खोजिरहेका छन्।

ट्रम्प र अन्य १८ जनालाई अगस्ट १४ मा जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन खोजेको आरोपमा अभियोग लगाइएको थियो।

ट्रम्पलाई राज्यको र्‍याकेटियरिङ ऐन उल्लङ्घन गर्ने, सार्वजनिक अधिकारीलाई दबाब/धम्कि दिने , फर्स्ट डिग्रीमा जालसाजी गर्ने षड्यन्त्र गर्ने र झूटा कागजात फाइल गर्ने षड्यन्त्र गर्नेलगायत १३ वटा मुद्दा लगाइएको थियो।

फुल्टन काउन्टी जिल्ला न्यायधिवक्ता फानी विलिसद्वारा साढे दुई वर्षको अनुसन्धानपछि पूर्व राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरु लाई अभियोग लगाइएको हो।

जनवरी २०२१ को फोन कलको अडियो लीक भएपछि ट्रम्पले जर्जियाका राज्य सचिव ब्राड राफेनस्परगरलाई विशेष गरी एटलान्टा क्षेत्रमा हजारौं मतपत्रहरूको वैधतामाथि प्रश्न गर्दै आफ्नो पक्षमा पर्ने गरी दोहोर्याएर गणना गर्न दबाब दिए पछि अनुसन्धान सुरु गरिएको थियो।

फोनमा कुराकानी गर्दै ट्रम्पले निर्वाचन अधिकृतलाई १६ राज्यको इलेक्ट्रोरल भोट पुनः आफ्नो पक्षमा आउने भन्दै दोहोर्याएर गणना गर्न दबाब दिएका थिए। वासिंगटन पोस्टले प्रकाशित गरेको उक्त कल रेकडिङ्गमा ट्रम्पले चुनाव जित्न आफुलाई मात्र ११ हजार ७८० भोट चाहिएको बताएका थिए। उनले जितको लागि चाहिने मत भन्दा एक मत बढी देखाएका देखाएका थिए।

निर्वाचन अधिकृतले ट्रम्पको प्रस्ताव अस्विकार गरेपछि ट्रम्पले आपराधिक मुद्दा चलाउने धम्कीसमेत दिएका थिए।

जर्जिया मुद्दा ट्रम्प विरुद्ध ल्याइएको चौथो आपराधिक मुद्दा हो।

पूर्व राष्ट्रपतिले २०२० को राष्ट्रपतिको चुनावलाई उल्टाउने षड्यन्त्र गरेको र फ्लोरिडाको पाम बीचमा रहेको उनको मार-ए-लागो एस्टेटमा गोप्य कागजातहरू गलत ह्यान्डल गरेकोमा छुट्टै संघीय आरोपहरू सामना गरिरहेका छन्।

उनलाई २०१६ को राष्ट्रपतिया निर्वाचन अघि एक वयस्क चलचित्र अभिनेत्रीलाई हश-मनी भुक्तानीको दिएको सम्बन्धमा गत मार्चमा न्युयोर्क राज्यमा समेत अभियोग लगाइएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img