Friday, March 6, 2026
54.4 F
Washington DC.

अचम्मको लुटेरा : तीन सुँगा सहित स्टोरमा आएर लुटपाट – प्रहरी खोजीमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेयरफ्याक्स काउन्टीको सेभेन कर्नर क्षेत्रमा बुधवार भएको सशस्त्र लुटपाटको सम्बन्धमा प्रहरीहरूले तीन सुँगा सहितको एक संदिग्ध व्यक्तिलाई खोजी गरिरहेको छ। घटना बिहान ८ बजे अर्लिङटन बुलेभार्डमा रहेको म्याकडोनाल्डमा भएको हो ।

फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार, एक वयस्क पीडित पुरुषलाई एक अज्ञात व्यक्तिले चक्कु देखाई जबरजस्ती अज्ञात रकम लिएको थियो। संदिग्ध २८ – ३२  वर्षको बीचको  ट्याटु भएको एक हिस्पैनिक व्यक्तिको रूपमा प्रहरीले पहिचान गरेको छ ।

नजिकैको स्टोरबाट प्राप्त सिसि टिभि फुटेजले संदिग्धको एक फरक परिचय देखाएको छ । फुटेजमा देखिए अनुसार लुटेरा संदिग्ध व्यक्तिले कालो काउब्वाय टोपी लगाएको थियो , जसमा एउटा होइन, दुईवटा सुँगा सहित देखिन्छ । उसले स्टाइलको शर्ट पनि लगाएको थियो र उसको काँधमा तेस्रो सुँगा थियो। संदिग्ध व्यक्तिले नीलो फोर्ड एसयूभीमा गर्किएको थियो।  

फेयरफ्याक्स काउन्टी पुलिस विभागको मेसन पुलिस जिल्ला आपराधिक अनुसन्धान विभागले यस घटना वा सम्बन्धित कुनै पनि घटनासँग सम्बन्धित जानकारीको साथ सुचना दिन आग्रह गरेको छ । अनुसन्धान विभागको फोन ७०३ २५६ ८०३५ मा सम्पर्क गरेर जानकारी प्रदान गर्न प्रहरीले अनुरोध गरेको छ । चलिरहेको अनुसन्धानको अतिरिक्त, फेयरफ्याक्स काउन्टी प्रहरी विभागको प्रमुख अपराध ब्यूरोको पीडित सेवा विभागका पीडित विशेषज्ञहरूलाई पीडितलाई आवश्यक स्रोत र सहयोग प्रदान गर्न खटाइएको प्रहरीले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img