spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

आज जनैपूर्णिमा पर्व मनाइँदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन भदौ १४ गते (अगस्त ३१) मा परेको छ। यसलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ। 

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यो दिन नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ। सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ।

आज क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ।  यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषर्ायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

दिदीबहिनीले दाजुभाइलाई राखी बाध्ने दिन

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस्तो छ जनैको महत्व

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अतस् जनै धारण गर्ने व्यक्तिका लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराको जानकारी दिइरहेको हुन्छ।

धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img