spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

बहराइनमा २४ -दिन देखि भोक हडताल: संयुक्त राष्ट्रद्वारा माग सम्बोधन गर्न आह्वान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बहराइनमा हालसम्मकै सबैभन्दा ठूलो भोक हडताल जारी छ । बहराइनको जेलमा कैदी हरु विरुद्व भएका मानवअधिकार उल्लङ्घनको अन्त्य र अवस्था सुधारको माग गर्दै राजनीतिक बन्दीहरूको एउटा समूहले २४ दिन देखि भोक हडताल गरेको हो।

थुनुवाहरूले जेल भित्र यातना र दुर्व्यवहारको आरोपको अनुसन्धानका साथै राजनीतिक बन्दीहरूलाई रिहा गर्न माग गरेका छन्। २४ दिन लामो भोक हडतालले अन्तर्राष्ट्रियस्तरको ध्यानाकर्षण गरेको छ र बहराइन सरकारलाई बन्दीहरूको माग सम्बोधन गर्न आह्वान गरेको छ।

बेलायतमा रहेको बहराइन इन्स्टिच्युट फर राइट्स एन्ड डेमोक्रेसी (बर्ड) ले जनाए अनुसार लगभग ८०० कैदीहरू, जसमा धेरै जसो २०११ को शिया नेतृत्वको विरोध प्रदर्शनका क्रममा हिरासतमा परेका असन्तुष्टहरू थिए, हाल भोक हडतालमा भाग लिइरहेका छन्।

यद्यपि बहराइनी अधिकारीहरूले यस दाबीको खण्डन गर्दै १२१ कैदीहरू मात्र संलग्न रहेको बताएका छन् । बहराइन इन्स्टिच्युट फर राइट्स एन्ड डेमोक्रेसी (बर्ड) का एड्भोकेसी डाइरेक्टर सैयद अलवादेईले अधिकारीहरूको प्रतिक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै, अवस्थालाई सम्बोधन गर्न उनीहरूको प्रस्ताव अपर्याप्त भएको र धेरै ढिलो आएको बताउँदै यसको फलस्वरूप बहराइनको इतिहासमा २४ दिनसम्म सबैभन्दा लामो भोक हडताल जारी रहेको बताएका छन्।

संयुक्त राष्ट्र मानवअधिकार कार्यालय (ओएचसीएचआर) बहराइनले जाउ कारागारमा सयौं कैदीहरूद्वारा संचालित अनशनलाई लिएर गहिरो चिन्तित जनाएको ओएचसीएचआरका प्रवक्ता रविना शामदासानीले एक विज्ञप्तिमा भनेकी छन ।

कारागारमा चिकित्सा सेवाको पहुँच बढाउन र निरीक्षणको समय लम्ब्याउन अधिकारीहरू सहमत भए पनि संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले कैदीहरू यस कार्यबाट सन्तुष्ट नभएको स्वीकार गरेको शामदासानीले बताएकी छन् । तसर्थ आफ्ना मौलिक माग पूरा नभएसम्म अनशन जारी राख्ने उनीहरुको अडान छ ।

बहराइनले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयलाई औपचारिक रूपमा देशको भ्रमणका लागि निमन्त्रणा गरेको बताउँदै शामदासानीले सकारात्मक विकास भएको बताएकि छन् । फलस्वरूप, ओएचसीएचआर अब बहराइनको कारागारको अवस्थाको गहन मूल्याङ्कन गर्न र विश्वव्यापी मापदण्डहरूमा आधारित अधिकारीहरूलाई विशेषज्ञ सिफारिसहरू प्रदान गर्न तयार रहेको उनले बताइन । यसबाहेक, ओएचसीएचआर बहराइनमा कैदीहरूको समग्र अवस्था सुधार गर्न प्राविधिक सहायता विस्तार गर्न पनि प्रतिबद्ध रहेको बिज्ञप्तिमा भनिएको छ।

बहराइनमा कैदीहरूले हालैका वर्षहरूमा यस्तै प्रकारका माग सहित को हडतालहरूको श्रृंखलाको आन्दोलनको पछिल्लो रूप भोक हडताल हो। आफ्नो राजनीतिक संलग्नताको लागि आजीवन कारावासको सजाय भोगिरहेका मानवअधिकारकर्मी अब्दुलहादी अल-ख्वाजाले एउटा उल्लेखनीय अनशन गरेका थिए ।

बहराइन सरकारले कैदीहरूलाई गरेको व्यवहारले धेरै मानवअधिकार संगठनहरूबाट आलोचना गरेका छन् , जसमा सरकारलाई यातना, मनमानी नजरबन्द र मानव अधिकारको अन्य उल्लंघनमा संलग्न भएको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले बहराइनका अधिकारीहरूलाई तुरुन्तै बन्दीहरूले उठाएका मांगहरूलाई सम्बोधन गर्न र उनीहरूको अधिकारको संरक्षण सुनिश्चित गर्न आग्रह गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img