spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

विराट कोहली र केएल राहुलको सतक – भारतले पाकिस्तानलाई दियो विशाल ३५७ को लक्ष

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एसिया कप २०२३ अन्तर्गत सुपर चारको खेलमा भारतले उत्कृष्ट ब्याटिंगको प्रदर्शन गर्दै पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ।

ब्याटिङ क्षमताको आश्चर्यजनक प्रदर्शन गर्दै विराट कोहली र केएल राहुलले भारतलाई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध प्रभावशाली रन स्कोरमा पुर्याए। बर्षाको धेरै अवरोध भएको खेलमा अन्ततः भारतले दुई विकेटमा ३५६ रनको अंक ल्याउन सफल भयो।

कोहली र राहुलको साझेदारी भारतको इनिङ्सको आधारशिला साबित भयो। दुवै ब्याट्सम्यानले रिजर्भ डेको खेलभरि पाकिस्तानी बलरलाई निराश बनाएका थिए । कोहलीले विशेष गरी आफ्नो मास्टरक्लास प्रदर्शन गर्दै, केवल ९४ बलमा उल्लेखनीय १२२ रन जोड्दै आफ्नो इनिंग समाप्त गरे । त्यस्तै , राहुलले पनि उत्तिकै प्रभावशाली प्रदर्शन गर्दै १०६ बलमा १११ रन बनाएर अविजित रहे। दुई दिग्गज खेलाडीबीच १९४ बलमा २३३ रनको अविजित साझेदारी रह्यो । कोहलीको यो ४७औं एकदिवसीय शतक हो।

यो स्कोरसगै आफ्नो इनिङ्सको दौडानमा कोहलीले नया रेकर्ड बनाएका छन। यो उल्लेखनीय उपलब्धिले इतिहासमा एक महान ओडीआई ब्याट्सम्यानको उपमा समेत थपेका छन् ।

राहुलको प्रदर्शन विशेष गरी महत्वपूर्ण थियो। उनी चोटका कारण लामो समयपछि एकदिवसीय खेलेका थिए। उनको शतकले भारतको एकदिवसीय टोलीमा उनको उपस्थिति कति महत्त्वलाई रहेछ भन्ने देखाएको छ ।

खेल सुरु हुदा शुभमन गिल र रोहित शर्मा बीचको रोमाञ्चक ओपनिंग साझेदारीले पाकिस्तानको खतरनाक गतिको बलिङ्ग आक्रमणलाई सुरुको २० ओभरमा प्रभावकारी रूपमा जवाफ दिएको थियो । गिलले ३७ बलमा आफ्नो लगातार दोस्रो एकदिवसीय अर्धशतक बनाए , जबकि रोहितले ४२ बलमा एक शक्तिशाली छक्काका साथ आफ्नो अर्धशतक पूरा गरे।

तर, शादाब र अफ्रिदीले रोहित र गिललाई लगातार ओभरमा आउट गरेपछि पाकिस्तानले दबाबमा राखेको थियो।

कोहली र राहुलबीचको साझेदारी बढन थालेपछि भारी वर्षाले खेल अवरुद्ध भएको थियो । दिनको सुरुमै घाम लागे पनि लगातारको वर्षाले खेलाडीलाई मैदानबाट बाहिर निकाल्न बाध्य बनाएको थियो ।

खेल पून शुरु भए लगत्तै विश्वभरका क्रिकेटका फ्यानहरु उत्सुकताका साथ दुई क्रिकेट दिग्गजहरू बीचको यो उच्च स्कोरको खेल हेरिरहेका छन्। यतिबेला, पाकिस्तान बिशाल ३५७ को लक्ष पछ्याउदै २ विकेटको क्षतिमा ४३ रन जोडेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img