spot_img
Friday, November 22, 2024
39.5 F
Washington DC.
spot_img

सिख नेताको हत्यामा संलग्न भएको ट्रुडोको आरोपलाई भारतद्वारा कडा रूपमा अस्वीकार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ब्रिटिश कोलम्बियाका प्रमुख सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नताको आरोपलाई भारतको विदेश मन्त्रालयले कडा रूपमा अस्वीकार गरेको छ। भारतको स्वतन्त्र सिख मातृभूमिका लागि अभियन्ताकारुपमा परिचित निज्जरलाई जुन १५ मा उनको घरबाहिर गोली हानी हत्या गरिएको थियो, जसले क्यानाडा र भारत बीच तनाव चर्काएको छ ।

सोमबार हाउस अफ कमन्समा ट्रुडोले दिएको बयानमा क्यानाडाको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा “भारत सरकारका एजेन्टहरू” लाई जोड्ने “विश्वसनीय” गुप्तचर प्रमाणहरु प्राप्त गरेको आरोप लगाएका थिए । उनले क्यानाडाको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन गर्ने कार्यलाई “राज्य प्रायोजित आतंकवाद” को रूपमा चित्रण गरेका छन् ।

“हामी यस जघन्य अपराधको कडा भन्दा कडा शब्दमा निन्दा गर्दछौं र भारतले हाम्रो अनुसन्धानमा पूर्ण सहयोग गर्न र जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउन माग गर्दछौं,” ट्रुडोले ओटावामा पत्रकार सम्मेलनमा बताएका हुन ।

क्यानडाले तत्काल र दृढताका साथ आरोपहरू सम्बोधन गर्दै भारतीय राजदूतलाई बोलाएर आधिकारिक उजुरी दर्ता गरेर फिर्ता पठाउने निर्णाय गरेको छ । क्यानाडाले यो प्रकरणका कारण भारतविरुद्ध कूटनीतिक, व्यापार र प्रतिबन्धको कारबाही गर्ने सम्भावना बढेको छ ।

त्यसैगरी, भारतका लागि क्यानाडाली उच्चायुक्तलाई आज बोलाएर भारतमा कार्यरत एकजना वरिष्ठ क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे औपचारिक रूपमा जानकारी गराइएको थियो। विवादमा परेका कूटनीतिज्ञलाई आगामी पाँच दिनभित्र भारत छाड्न निर्देशन दिइएको छ।

भारतको विदेश मन्त्रालयले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै ट्रुडोको भारत सरकार र निज्जरको हत्याबीच सम्भावित सम्बन्ध रहेको दाबीलाई अस्वीकार गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ब्रिटिश कोलम्बियाका प्रमुख सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि क्यानाडा र भारतबीचको तनावमा तीब्र वृद्धि भएपछि यो बिज्ञप्ति आएको हो। भारतमा स्वतन्त्र सिख मातृभूमिको वकालत गर्दै आएका अभियन्ताकारुपमा परिचित निज्जरलाई जुन १५ मा घरबाहिर गोली हानी हत्या गरिएको थियो। आरोप लागेका कारण दुवै राष्ट्रले एकअर्काका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै कूटनीतिक गतिरोध निम्त्याएका छन्।

भारतको विदेश मन्त्रालयले क्यानडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारतको संलग्नताको आरोप “बेतुका र प्रेरित” भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ – “त्यस्ता आरोपहरूले क्यानाडामा आश्रय प्रदान गरेका खालिस्तानी आतंकवादी र चरमपन्थीहरूबाट ध्यान केन्द्रित गर्न खोज्दै भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई धम्की दिइरहेका छन् “।

विज्ञप्तिले यस विषयमा क्यानाडा सरकारको “निष्क्रियता” र त्यस्ता तत्वहरूलाई क्यानाडाका केही राजनीतिक व्यक्तित्वहरूले देखाएको “सहानुभूति” प्रति पनि चिन्ता व्यक्त गरेको छ। यसले क्यानडालाई आफ्नो माटोबाट सञ्चालन हुने सबै भारत विरोधी तत्वहरू विरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गरेको छ।

“हामी विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक मूल्यमा विश्वास गर्दछौ । त्यस्ता निराधार आरोपहरूले क्यानडामा आश्रय प्रदान गरेका खालिस्तानी आतंककारी र चरमपन्थीहरूबाट ध्यान केन्द्रित गर्न खोज्छन् र भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई धम्की दिइरहेका छन्। यस विषयमा क्यानाडा सरकारको निष्क्रियता लामो समयदेखि र निरन्तर चिन्ताको विषय हो। क्यानाडाली राजनीतिक व्यक्तित्वहरूले खुला रूपमा त्यस्ता तत्वहरूप्रति सहानुभूति व्यक्त गरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ,” विज्ञप्तिमा भनिएको छ।

“हामी त्यस्ता घटनाक्रमहरूमा भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं। हामी क्यानाडा सरकारलाई आफ्नो माटोबाट सञ्चालित सबै भारत विरोधी तत्वहरू विरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्दछौं, ” विज्ञप्तिमा जनाइएको छ ।

“साझेदार र सहयोगीको रूपमा क्यानाडाप्रति भारतको सम्मानलाई पुन: कायम राख्दछौ , तर भारतको मूल्यमान्यता, हित, सार्वभौमसत्ता र सुरक्षाका लागि क्यानडाबाट पनि उस्तै सम्मानको अपेक्षा गर्दछौ, विज्ञप्तिको अन्तमा भनिएको छ।

यस कूटनीतिक संकटको शान्तिपूर्ण समाधानको आशामा क्यानडा र भारतबीचको तनाव बढ्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ। करिब आधा लाख जनसंख्या रहेको क्यानडाको सिख समुदायले निज्जरको हत्याप्रति आक्रोश व्यक्त गर्दै न्यायको माग गर्दै आतंकवादको आरोप अस्वीकार गर्दै आएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img