Friday, March 6, 2026
57.2 F
Washington DC.

रास्वपाद्वारा शिक्षा विधेयकको विरोध, विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह

विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्दछ तर शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने रास्वपाको नीति रहेको बताएको छ ।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै संसदमा दर्ता भएको “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” को विरोध गरेको छ । विधेयकको विरोधमा काठमाडौंमा आन्दोलनमा उत्रिएका शिक्षकहरुका बारेमा आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुलाई रास्वपाले आग्रह गरेको छ। ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई परिमार्जन र सुदृढ गर्ने उद्देश्यले बनेको शिक्षा विधेयक त्रुटिपूर्ण र अव्यवहारिक भएको भन्दै विभिन्न सरोकारवाला र विज्ञहरूले आलोचना गरेका छन् । विधेयकमा सबै शिक्षकका लागि लाइसेन्स परीक्षा अनिवार्य गर्ने, सामुदायिक तथा संस्थागत विद्यालयलाई गाभ्ने र निजी विद्यालयलाई नियमन गर्ने प्रस्ताव गरिएको छ ।

राप्रपाले २०८० असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विधेयकबारे विभिन्न सरोकारवाला र विज्ञहरूसँग निरन्तर परामर्श गरिरहेको र संशोधनका लागि आ–आफ्नो धारणा र सुझाव पेश गर्ने जनाएको छ । सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको जीवनस्तर र विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने विषयमा पार्टी स्पष्ट र दृढ रहेको बताएको छ ।

रास्वपाले आफ्नो पहिलो प्राथमिकता विद्यार्थीको भविष्य रहेको र शिक्षाको गुणस्तर नैतिक, व्यवहारिक, रोजगारमूलक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक हुनुपर्ने बताएको छ । पार्टीले स्थापनाकालदेखि नै शिक्षकको राम्रो तलब र सुविधाका लागि बारम्बार आवाज उठाउँदै आएको बताएको छ ।

समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षाैंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्यौलमा राखिंदै आएको पाइन्छ, रास्वपाले भनेको छ । त्यस्तै, रास्वपाले शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको छ ।

विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्दछ तर शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने रास्वपाको नीति रहेको बताएको छ ।

रास्वपाले शिक्षकहरुले सरकारबाट उचित व्यवहार नपाएको स्वीकार गरेको छ । तर, आफ्ना माग राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुलाई रास्वपाले आग्रह गरेको छ। पार्टीले आफ्नो पेशालाई राजनीतिकरण नगरी विद्यार्थीको हितमा लाग्न सबै शिक्षक संगठनलाई आग्रह गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img