spot_img
Monday, May 13, 2024
51 F
Washington DC.
spot_img

साथी बनाइ फिफा एप लिंक पठाएर ११ लाख २७ हजार अनलाइन ठगी गर्ने पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सामाजिक सञ्जालमा साथी बनाइ फिफा एप इन्स्टल गर्ने लिङ्क पठाएर पीडितलाई ११ लाख २७ हजार ठगी गरेको आरोपमा २८ वर्षीय दादिकि शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । नेपालको कानुन बमोजिम हुने भनेर विश्वास दिलाइ पीडितलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न र सोही एप मार्फत अनलाइन कारोबार गर्न लगाएर ठगी गरिएको प्रहरीले जनाएको छ।

ठगीको आरोपी शेर्पा भोजपुर हतुवागढी नगरपालिकाका स्थायी बासिन्दा र हाल काठमाडौंको टोखामा बस्दै आएको प्रहरीले जनाएको छ। उनले पीडित युवतीलाई फेसबुक, ह्वाट्सएप र भाइबरमा साथी बनाए र फिफा एप इन्स्टल गर्न लगाई ठगी गरेको प्रहरीको आरोप छ ।

साथै, शेर्पाले पीडितलाई एपमार्फत अनलाइन सट्टेबाजी खेलेर ९० मिनेटमा १.४८ प्रतिशत नाफा कमाउने झुटो आश्वासन दिएको प्रहरीको बताएको छ । उनले अनलाइन गेमको विज्ञापन गर्दै पीडितलाई गेम खेल्नका लागि पैसा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ ।

शेर्पामाथि अनलाइन ठगी गरेको र सट्टाबाजी सम्बन्धी खेल खेलाएको आरोपमा मुद्धा दर्ता गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img