Thursday, April 23, 2026
80.1 F
Washington DC.

अनमोल केसी पक्राउ : केसीलाई आपराधिक विश्वासघात गरेको उजुरी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनेता अनमोल केसीलाई प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको बताएको छ । सिनेमा निर्माता सुप्रिया कटुवालका उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको बताइएको छ। सिनेमा निर्माता सुप्रिया कटुवालको उजुरीमा केसीले सिनेमामा अभिनय गर्नका लागि सम्झौता गरी १० लाख पेश्की लिएर आफुले सम्झौता नै नगरेको भनेपछि निर्माता सुप्रिया कटुवालका उजुरीका आधारमा केसी पक्राउ परेका हुन्।

सुदर्शन थापाको निर्देशनमा निर्माता कटुवालले ‘रावायण’ नामक फिल्म बनाउन लागेकी थिइन्, जसमा नायकका लागि अनमोल केसीलाई सम्झौता गरी १० लाख बुझाएको उनको दाबी छ। आफ्नो फिल्मका लागि साइन गरेर केसीले अर्को फिल्म ‘फर्कीफर्की’ मा काम गर्ने भएपछि कटुवालले आफुलाई धोका भएको र अनमोल केसीबाट आपराधिक विश्वासघात गरेको प्रहरीमा उजुरी गरेकी थिइन्।

निर्माता सुप्रिया कटुवालले दिएको उजुरीमा पैसा लगेर सम्झौता नै नगरेको भन्दै हिडेको र सुटिङमा पनि नआएकोले उजुरी परेपछि प्रहरीले दुबै पक्षलाई छलफलका लागि पटक पटक ताकेता गर्दा पनि केसी नआए पछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी मिनभवनको प्रहरी कार्यालयमा हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

फिल्म ‘रावायण’मा काम गर्ने बचन दिएर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल) द्वारा असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img