spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

जिम्बाब्वे विमान दुर्घटनामा ६ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जिम्बाब्वेको दक्षिणपूर्वी मासभिङ्गो प्रान्तमा अवस्थित माशावा गाउँको ज्वामाहान्डे क्षेत्रमा भएको एउटा दुखद विमान दुर्घटनामा ६ जनाको ज्यान गएको राज्यबाट संचालित संचार केन्द्र जेबिसीले जनाएको छ। उक्त रियोजिम विमान शुक्रबार बिहान दुर्घटना हुनुअघि मेकानिकल गडबडी भएको आशंका गरिएको छ ।

विमान मशाभा विमानस्थलबाट राजधानी हरारेकालागि उडेको थियो । प्रस्थान गरेको केही समय पछि, यसमा मेकानिकल समस्याहरू देखापरेको बताइएको छ । वरपरका प्रत्यक्षदर्शीहरूले विमानलाई जमिनमा खस्नु अघि उचाइ कायम राख्न धेरै प्रयास गरेको संचार माध्यमलाई बताएका छन ।

आपतकालीन सेवाहरू तुरुन्तै दुर्घटनास्थलमा पठाइएको थियो जुन माशावा नजिकैको दुर्गम क्षेत्रमा अवस्थित छ । उद्वारकर्मीहरुको प्रयास भएता पनि पाँच यात्रु र पाइलट सहित विमानमा सवार सबै ६ व्यक्तिहरूले दुर्घटनामा ज्यान गुमाएका छन् । पिडितहरुको परिवारलाई सुचना जारी नभएसम्म उनीहरुको परिचय खुलाइएको छैन ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रिपोर्टहरूले यो दुर्घटनाको कारणमा प्राबिधिक गडबढि हुन सक्ने बताइएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img