Wednesday, June 10, 2026
72.7 F
Washington DC.

एन्ड्रोइड र आईओएसमा जीमेलका म्यासेजलाई अन्य भाषाहरूमा कसरी अनुवाद गर्ने? यस्तो छ सरल तरिका

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जीमेल गुगलको सबैभन्दा विशेष सुविधाहरू भएका एप्स मध्ये एक हो। अब प्रयोगकर्ताहरूले एप भित्र सिधै इमेलहरू अनुवाद गर्न पाउने भएका छन । यसअघि यो सुविधा जीमेलको वेब संस्करणमा मात्र उपलब्ध थियो। नयाँ सुविधा अब एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध गराइएको छ।

गुगलले आफ्नो ब्लग पोस्टमा भनेको छ कि “वर्षौंदेखि हाम्रा प्रयोगकर्ताहरूले वेबमा जीमेलमा १०० भन्दा बढी भाषाहरूमा सजिलैसँग इमेलहरू अनुवाद गर्दै आएका छन्। तर अब हामीले जीमेल मोबाइल एपमा म्यान ट्रान्सलेट इन्टिग्रेशन पनि ल्याएका छौं, जसले तपाईंलाई आफ्नो इमेलहरू धेरै भाषाहरूमा अनुवाद गर्न अनुमति दिन्छ।”

यो सुविधाको सहायताले तपाईले कुनै पनि इमेललाई आफ्नो भाषामा सजिलै अनुवाद गर्न सक्नुहुन्छ।

जीमेल एपले स्वचालित रूपमा इमेलको भाषा पत्ता लगाउँदछ र इमेलको शीर्षमा ब्यानर देखाउछ । यसको साथ, प्रयोगकर्ताहरूले यी तरिका अपनाएर आफ्नो मनपर्ने भाषामा अनुवाद गर्न सक्छन्।

जीमेल एपमा इमेलहरू अनुवाद गर्ने तरिका

  • यसका लागि पहिले जिमेल एप खोल्नुहोस् र आफूले अनुवाद गर्न चाहेको इमेल खोज्नुहोस्।
  • त्यसपछि इमेलको माथिल्लो दायाँ कुनामा रहेको ३ डटहरूमा ट्याप गर्नुहोस्।
  • यस पछि अनुवाद (ट्रान्सलेट) चयन गर्नुहोस्।
  • अब तपाईले इमेल अनुवाद गर्न चाहनुभएको भाषा चयन गर्नुहोस्।
  • यसपछि एपले इमेललाई नयाँ भाषामा अनुवाद गर्नेछ ।
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img