Wednesday, June 10, 2026
72.7 F
Washington DC.

भर्जिनियाको वर्क लेक पार्क हत्या प्रकरणमा संदिग्ध पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेयरफ्याक्स काउन्टी प्रहरी विभाग (एफसीपिडि) ले वर्क लेकमा गत साता कारा अब्रुस्काटोको हत्याको सम्बन्धमा रामी एल सैयद नामक व्यक्तिलाई प्याटरसन, न्युजर्सी प्रहरीले गिरफ्तार गरेको जनाएको छ। एल सैयदलाइ अब फेयरफ्याक्स काउन्टीमा फिर्ता सुपुर्दगी गरिनेछ र उसले दोस्रो-श्रेणी हत्याको आरोपमा मुद्वा दायर गरिने प्रहरीले जनाएको छ ।

अक्टोबर १, २०२३, आइतबार वर्क लेक पार्क क्याम्पग्राउन्डमा एक शव फेला परेपछि न्यु जर्सी प्रहरीको सहयोगमा संदिग्ध आरोपी सैयद पक्राउ परेको हो। फेयरफ्याक्सकी ४० वर्षीया कारा अब्रुस्काटोको रूपमा चिनिने पीडितको शरीरको माथिल्लो भागमा चोट लागेको प्रमाणसहित टेन्टभित्र लाश फेला परेको थियो।

साथै , सेप्टेम्बर १९ र सेप्टेम्बर ३० को बीचमा यदि कोहि बर्क लेक पार्क क्याम्पग्राउन्डमा आएको र तल चित्रित एउटा अस्थायी टेण्ट देखेको भए प्रहरीले खबर गर्न समूदाय लाई आग्रह गरेको छ।

यहि टेन्टभित्र लाश फेला परेको थियो (तस्बिर: फेयरफ्याक्स काउन्टी प्रहरी विभाग)

मृत्युको कारण र तरिका अझैँ प्रष्ट नभएको र पुष्टिका लागि पोस्टमार्टम रिपोर्ट विचाराधीन रहेको प्रहरीले जनाएको छ। अब न्यु जर्सी प्रहरीले आरोपीलाई फेयरफ्याक्स काउन्टीमा हस्तान्तरण गरेपछि दोस्रो श्रेणीको मुद्दा दायर हुने प्रहरीले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img