spot_img
Sunday, May 12, 2024
59.5 F
Washington DC.
spot_img

भर्जिनियाको वर्क लेक पार्क हत्या प्रकरणमा संदिग्ध पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेयरफ्याक्स काउन्टी प्रहरी विभाग (एफसीपिडि) ले वर्क लेकमा गत साता कारा अब्रुस्काटोको हत्याको सम्बन्धमा रामी एल सैयद नामक व्यक्तिलाई प्याटरसन, न्युजर्सी प्रहरीले गिरफ्तार गरेको जनाएको छ। एल सैयदलाइ अब फेयरफ्याक्स काउन्टीमा फिर्ता सुपुर्दगी गरिनेछ र उसले दोस्रो-श्रेणी हत्याको आरोपमा मुद्वा दायर गरिने प्रहरीले जनाएको छ ।

अक्टोबर १, २०२३, आइतबार वर्क लेक पार्क क्याम्पग्राउन्डमा एक शव फेला परेपछि न्यु जर्सी प्रहरीको सहयोगमा संदिग्ध आरोपी सैयद पक्राउ परेको हो। फेयरफ्याक्सकी ४० वर्षीया कारा अब्रुस्काटोको रूपमा चिनिने पीडितको शरीरको माथिल्लो भागमा चोट लागेको प्रमाणसहित टेन्टभित्र लाश फेला परेको थियो।

साथै , सेप्टेम्बर १९ र सेप्टेम्बर ३० को बीचमा यदि कोहि बर्क लेक पार्क क्याम्पग्राउन्डमा आएको र तल चित्रित एउटा अस्थायी टेण्ट देखेको भए प्रहरीले खबर गर्न समूदाय लाई आग्रह गरेको छ।

यहि टेन्टभित्र लाश फेला परेको थियो (तस्बिर: फेयरफ्याक्स काउन्टी प्रहरी विभाग)

मृत्युको कारण र तरिका अझैँ प्रष्ट नभएको र पुष्टिका लागि पोस्टमार्टम रिपोर्ट विचाराधीन रहेको प्रहरीले जनाएको छ। अब न्यु जर्सी प्रहरीले आरोपीलाई फेयरफ्याक्स काउन्टीमा हस्तान्तरण गरेपछि दोस्रो श्रेणीको मुद्दा दायर हुने प्रहरीले जनाएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img