spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

इजरायल युद्ध (दोस्रो दिन) : हमासको आक्रमणमा ६ सय भन्दा बढी इजरायली मारिए, अमेरिकी दूतावासले अमेरिकी हताहतको अनुगमन गर्दै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायली सीमामा हमासको आक्रमणबाट मृत्यु हुनेहरूको अनुमानित सङ्ख्या ६ सय भन्दा बढी पुगेको इजराली संचार माध्यमले जनाएका छन् ।

आतङ्ककारी हमलाहरूपछि मृत शरीर र मानव अवशेषहरू सङ्कलन गर्ने स्वयंसेवी समूह ‘जाका’ का एक प्रवक्ताले हिब्रू मिडियालाई बताए अनुसार हमासको आक्रमण बाट ६ सय भन्दा बढी इजरायलीहरू मारिएका छन्।

इजरायली सेनाले हमासका बन्दुकधारीहरूसँग लडाइँ जारी राख्दा उनीहरूलाई सीमानाका समुदायहरूबाट खेदने क्रममा शवहरू फेला परेको बताइएको छ। इजरायलले गाजामा आक्रमण गरेपछि ३१३ जना प्यालेस्टिनी मारिएको प्यालेस्टाइनले जनाएको छ ।

■ कम्तिमा ६०० इजरायलीको मृत्यु, २,००० भन्दा बढी घाइते
■ "पर्याप्त" संख्यामा नागरिकहरु , सैनिकको अपहरण, अवस्था अज्ञात
■ दक्षिणमा प्यालेस्टाइन हमादसँग भिडन्त जारी
■ इजरायलले गाजामा आक्रमण गरेपछि ३१३ जना प्यालेस्टिनी मारिए प्यालेस्टाइनीको रिपोर्ट
■ अमेरिकी दूतावासले अमेरिकी हताहतको अनुगमन गर्दै

इजरायलमा रहेको अमेरिकी दूतावासले हमासको आक्रमणमा मारिएका, घाइते भएका र बेपत्ता भएका अमेरिकी नागरिकहरूको सङ्ख्याबारे कुनै टिप्पणी गरेको छैन । “हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं र थप विवरणहरू छैनन्,” दूतावासका प्रवक्ताले संचार माध्यमलाई जानकारी दिने क्रममा भनेका छन्।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले हिजो राती देशलाई आधिकारिक रूपमा युद्धमा राख्न मतदान गरेको छ , र यसले अब “महत्वपूर्ण सैन्य गतिविधिहरू” गर्न सक्छ, प्रधानमन्त्री कार्यालयले भनेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पहिले नै हमासले दक्षिणी इजरायलमा घुसपैठ गरी सयौंको हत्या गरेपछि देश युद्धमा रहेको बताएका थिए।

उच्चस्तरीय सुरक्षा मन्त्रिपरिषद्को निर्णयले घोषणालाई आधारभूत कानूनको आधारमा वैधानिकता दिएको छ: सरकारले आफ्नो दफा ४० मा सरकारको निर्णयविना देश युद्धमा जान सक्दैन भनिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img