spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

बेपत्ता गैंडाको बच्चा (केटो) मृत फेला, बाघले खाएको आशंका

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार माउ गैंडासँगै निस्किएर आमाको मृत्यु पछि बेपत्ता भएको बच्चा (केटो) बाघले खाएको अवस्थामा मृत फेला परेको छ ।

राष्ट्रीय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीका अनुसार आइतबार निकुञ्ज क्षेत्रमा बाघले केही खाएर छाडेको अवस्थामा केटोको शव फेला परेको हो । बच्चाको अगाडीको खुट्टा र केही शरीरका भाग बाघले खाएको छ । कार्कीले नेचर खबरसँग भने, ‘बेपत्ता केटो मृत अवस्थामा फेला परेको छ । बाघले खाएको भन्ने प्रारम्भिक अनुमान छ ।’

माउ अचानक ढलेपछि बच्चा सँगै रहेको फोटो ट्रयापिङ क्यामरामा परेको थियो । त्यसपछि हात्तीसहित सुरक्षाकर्मीले शनिबारदेखि संगठित रूपमा बच्चाको खोजी सुरु गरेका थिए । नेचर खबरले ‘आमा गैंडाको मृत्युपछि सँगै रहेको बच्चा (केटो) बेपत्ता, खोज्न हात्ती र सेना परिचालन’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

निकुञ्जले गैंडाको केटा खोज्न शुक्रबार बिहानदेखि नै थाले पनि भेटिएनको थिएन । शनिबारदेखि चार वटा हात्ती, नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालित भएका थिए । (सहयोग: नेचर खबर)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img