spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा बद्री केसी पुनः निर्वाचित, असन्तुष्टहरूबाट नारावाजी (भिडियो)

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा डा बद्री केसी पुनः निर्वाचित भएका छन् । डा केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरी अर्को कार्यकालका लागि संस्थाको नेतृत्व गर्ने जनादेश प्राप्त गरेका छन् ।

एनआरएनएको निर्वाचनमा अध्यक्षको प्रतिष्ठित पदका लागि अन्य दुई प्रमुख उम्मेदवारहरू प्रतिस्पर्धामा थिए। राजेन्द्रकुमार शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरे भने महेशकुमार श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरे । यी उम्मेदवारहरू बीचको कडा प्रतिस्पर्धा भएको थियो।

अध्यक्ष बाहेक एनआरएनए भित्रका अन्य पदका लागि पनि चुनावी प्रतिस्पर्धा थियो । उपाध्यक्षमा डा विनोद श्रेष्ठ, हेमराज शर्मा, खगेन्द्र न्यौपाने, रामशरण सिंहडाडा, र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् । तर, उपाध्यक्षमा डा केशव पौडेल र सुनिल शाह पराजित भएका छन् । दुहैजना अमेरिकाबाट वाट उम्मेदवार भएका थिए ।

यसैगरी, महासचिवमा गौरी जोशीले २ हजार २३ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्दि बुद्दि सुवेदीले
१ हजार ८१८ मत प्राप्त गरेका थिए। महासचिवमा दुबैजना अमेरिकाबाट उम्मेदवार भएका थिए ।

यसबाहेक, वेद बस्नेतलाई अमेरिका क्षेत्रीय संयोजकको रूपमा चयन गरिएको छ।

चुनावी नतिजाले एनआरएनएको अग्रपंक्तिमा नयाँ नेताहरू ल्याएको छ भने निर्वाचन परिणामको घोषणापछि असन्तुष्टहरूले नारा लगाएका थिए। जिएनवीलाई प्राप्त भिडियो फोटेज अनुशार अनलाइन मार्फतको निर्वाचनबाट धादली भएको उनीहरूको आरोप छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img