Tuesday, May 20, 2025
62.9 F
Washington DC.

न्युयोर्क महानगर सरकारको एआई विशेष कार्ययोजना

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संसारको ठूलो र शक्तिसम्पन्नमध्येको एक महानगर न्युयोर्कले प्रविधिको अत्याधुनिक विकासको औजार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई महानगर सरकारको शासकीय प्रणालीको आधुनिकीकरणमा उपयोग मात्र गरेको छैन ‘न्युयोर्क सिटी एआई कार्ययोजना’ समेत घोषणा गरेको छ।

न्युयोर्कका मेयर एरिक एडम्सले सो कार्ययोजना (एक्सन प्लान) घोषणा गर्दै एआई प्रविधिलाई नगरको शासन व्यवस्था सुधार समग्रमा एआई उद्योगको विकास गर्न महानगरले गर्नुपर्ने कदम गरी २ क्षेत्रमा प्रवद्र्धन गर्ने बताउनुभएको छ।

न्युयोर्क सिटी एआई कार्ययोजनामा ३७ वटा मुख्य कार्यक्रम समेटिएका छन्। जसमध्ये २९ वटा एक वर्षभित्रै सम्पन्न गरिसकिने पनि मेयर एडम्सले बताउनुभएको छ।

यस कार्ययोजना भित्र ‘एआई गभर्नेन्स फ्रेमवर्क’ समेत छ। जसअन्र्तगत एआईको प्रयोगबाट विभेद र पक्षधरता नहोस् भन्नेमा महानगरले मुख्य चासो र नीति लिएको छ।

महानगरले एआईबारे विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी एक बहुक्षेत्रीय बाह्य सल्लाहकार परिषद् पनि बनाउने भएको छ। साथै महानगरका कर्मचारीहरूलाई एआईबारे क्षमता विकास गरी उनीहरूले प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुणस्तर र गति बढाउन एक विशेष एआई क्षमता विकास अभियान पनि कार्यक्रममा समेटिएको छ।

यसैगरी एआईको विकास र सोको कार्यान्वयनको अवस्थाबारे महानगरले आवधिक रुपमा वार्षिक प्रगति प्रतिवेदन नै जारी गर्ने अठोट लिएको छ। यस कार्यक्रमअन्र्तगत सिटी एआई च्याटबोटमार्फत न्युयोर्क महानगरमा व्यापार गर्ने कम्पनीहरुलाई समय र पैसा बचत हुने सीप प्रवद्र्धन कार्यक्रम सुरु भइसकेको छ।

अमेरिकाको मात्र होइन, संसारकै एक मुख्य महानगर सरकारले आफ्नो शासकीय पद्धति र शैलीमा एआईको प्रयोगलाई आत्मसात् गर्दै विशेष कार्ययोजना नै बनाउँदा नेपालमा भने संविधानबाटै विषेश अधिकार र राज्यको शक्तिको एक हिस्सा उपयोग गर्न पाएका पालीका सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) बारे त सोच्नसमेत सकेको देखिँदैन।

आर्टिफिसियल इन्टेलिजेन्सलाई महानगर सरकारबाटै गर्भनेन्सको एक औजारका रुपमा प्रयोग गर्ने नीति र कार्ययोजना बनाउने पहिलो महानगरीय सरकार न्युर्यार्क नै भएको छ। संसारका अरु महानगरहरू डाटा गर्भनेन्स र सूचना प्रविधि योजनामा अल्झिरहेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img