Friday, March 6, 2026
53.4 F
Washington DC.

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य कागजात चुहावटको आरोप

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सोमबार गोप्य कागजात चुहावट गरेको अभियोग लगाइएको एक अभियोजकले संचार माध्यमलाई बताएका छन्।

“आज उनलाई दोषी ठहर गरिएको थियो र आरोपहरू खुलेर पढिएको थियो “, पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीका शाह खवरले खानलाई राखिएको अदियाला जेल बाहिर संचार माध्यमलाई भनेका छन।

खानसँगै पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका उपाध्यक्ष तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि साइफर मुद्दामा दोषी ठहर गरिएको छ।

सरकारको संघीय अनुसन्धान एजेन्सीको प्रतिवेदनका अनुसार, यो मुद्दा एउटा कुटनैतिक सन्देश केबलसँग सम्बन्धित छ जुन खानले प्रमाणको रूपमा प्रस्तुत गरेको थियो कि उनलाई शक्तिशाली सैन्य प्रतिष्ठानले समर्थन गरेको अमेरिकी षडयन्त्रको एक हिस्साको रूपमा हटाइयो।

पूर्व क्रिकेट सुपरस्टारलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षको लागि जेल सजाय सुनाइएको थियो, तर उनको सजाय पछि उल्टियो र राज्य कागजातहरू सेयर गरेको धेरै गम्भीर आरोपमा उनलाई हिरासतमा राखियो।

पूर्वप्रधानमन्त्री खानका वकिलहरूले यस मुद्दामा अधिकतम १४ वर्षको जेल सजायको प्रावधान रहेको बताएका छन् ।

उनलाई जनवरी २०२४ मा हुने निर्वाचनमा भाग लिन पनि प्रतिबन्ध लगाइएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img