spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

फुट्यो गैरआवासीय नेपाली संघ (एनआरएनए)-समानान्तर नयाँ कार्यसमितिको गठन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सधैको लफडा र किचलो हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) पुन एकपटक फुटेको छ। नेपाली राजनीतिक दलको प्रभावमा गुटगत हुदै पटक पटक टुक्रने र जुटदै आएको यस सस्थाकोको अस्तित्व संकटमा परेको छ । यसपाली त विवाद रहित अधिवेशन होला की भन्ने आशा गर्ने सदस्यहरूमा पुन निराशा छाएको छ। प्रवासी नेपालीहरु जो यस सस्थासँग आबद्व हुदै आएका छन्, उनीहरुको मन कुडिएको भने यो पहिलो पटक होइन।

यस सस्थाको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा बद्री केसीका विजयी प्यानलले हिजो मात्र शपथ लिएका थिए ।

११ औं महाधिवेशनमा मतदान प्रकृयामा धाँधली भएको भन्दै बिबाद हुँदा सबै प्रकृया रोक्ने सहमति विपरीत एउटा पक्षले सपथग्रहण गरेपछि अर्को पक्षले समानान्तर कार्यसमिति चयन गरेको हो ।

विवादको जड :
काठमाण्डौमा ठूलै तामझामकासाथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११ औं महाधिवेशनमा निर्वाचन पनि भयो। मतका आधारमा अध्यक्षमा डा बद्री केसी पुनः निर्वाचित भएको घोषणा समेत गरियो । निर्वाचित पधाधिकारीहरुको घोषणा हुनासाथ निर्वाचनमा एक पक्षबाट पुरै धाधली गरेको आरोप समेत लगायो । मत गणनामा गम्भीर त्रुटी देखिए पछि विवाद चरम उत्कर्षमा पुग्यो।

यस पटकको निर्वाचन विद्युतीय माध्यमबाट भएको थियो। निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेल मार्फत प्रेषित गरेको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मतपरिणाम शुन्य उल्लेख भएको कारण विवाद श्रृजना हुन गै साइवर हेराफेरी मार्फत निर्वाचन परिणाम आएको भन्दै नारावाजी समेत भएको थियो।

अष्ट्रेलियास्थित कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरेर निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै दुई उपाध्यक्षका उम्मेदवारहरूले चुनावी नतिजा अस्वीकार गरेका थिए ।

यसैगरी, जापानबाट अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले पनि यो निर्वाचनको नतिजालाइ अस्वीकार गरेका थिए। निर्वाचन समिति घोषणा गरेको परिणाम तुरुन्तै खारेज गरि अर्को नया निर्वाचन गराउन माग गरेका थिए ।

विरोधले उग्र रुप लिए पछि गैरआवासीय नेपाली संघ, निर्वाचन समितिको कार्यालय, काठमाडौंले एक प्रेस विज्ञप्ती जारी गर्दै गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको मिति २०८० कार्तिक २ गते (अक्टोबर १९, २०२३) मा भेरो भोटिङ सोलुसनले विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम निर्वाचन समितिलाई इमेल मार्फत प्रेषित गरेको साथै, भेरो भोटिङले पठाएको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मतपरिणाम शुन्य उल्लेख भएको कारण विवाद श्रृजना भएको जानकारी गरायो । यस सम्बन्धमा भेरो भोटिङ सँग वास्तविक जानकारी लिई सत्य तथ्य व्यहोरा प्रकाशित गरिने व्यहोरा प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले भनेर विवादलाई क्षणिक थामथुम पारे ।

विकशित घटनाक्रमका कारण गैरआवासीय नेपाली संघले मिति २०८०/०७/३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको तिनै जना कार्यकारी अध्यक्षहरुले एक बिज्ञप्ति मार्फत जानकारी गराए ।

“गैरआवासीय नेपाली संघको मिति २०८० /०७/२ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आज मिति २०८०/०७/३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदछौं, ” बिज्ञप्तिमा भनिएको थियो ।

उता, भेरो भोटिङले उम्मेद्वारको नाममा स्पेलिङ्ग एरर भएकाले परिणाम फरक पर्न गएको जानकारी दियो। यस पश्चात पहिले पराजीत उपाध्यक्ष का उम्मेद्वार डा केशव पौडेल लाई विजयी घोषणा गरियो।

तर, निर्वाचन परिणाममा गम्भीर त्रुटी भएको कारण अन्य दुई अध्यक्षका उम्मेद्वारहरुले निर्वाचन परिणामलाई अस्विकार गरे। असन्तुष्ठ पक्षले शनिबार ललितपुरमा एक पत्रकार सम्मेलन गरेको थियो। बद्री केसीले आफूलाई आफै अध्यक्ष घोषित गरी शपथ लिएको र सो विधी अवैध भएको अध्यक्षका उमेदवारहरू महेश कुमार श्रेष्ठ र आर के शर्माले बताए । पत्रकारहरूसंग कुरा गर्दै अध्यक्षका उमेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीनजना अध्यक्षहरुबीच भएको सहमति उल्लंघन गरेको आरोप लगाए ।

ययैगरी पत्रकारहरूसंग कुरा गर्दै अध्यक्ष पदका अर्का उमेदवार आर के शर्माले भेरो नामक कम्पनीले गराएको मतदान र मतगणना प्रक्रियाबारे उल्लेख गर्दै यसमा गम्भीर गल्तीहरू भएका कारण आशंकाहरु उत्पन्न भएपछि आफूहरुले छानबिन गर्न माग गरेकोमा निर्वाचन समितिले विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनीपक्षीय उमेदवारलाई शपथ दिलाएको आरोप लगाएका थिए ।

उनी भन्छन “ विधान विपरितको यस्तो शपथ हामीलाई मान्य छैन” । निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न उनले माग गरेका थिए ।

निवर्तमान अध्यक्ष बद्री केसीले एकपक्षीय रुपमा शपथ लिएको आरोप लगाउदै निर्वाचनसम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधानविपरीत भएकाले त्यो मान्य नहुने बताउदै अध्यक्ष कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिए थिए ।

असन्तुष्ठहरु द्वारा समानान्तर नयाँ कार्यसमितिको गठन
जिएनबीलाई प्राप्त रिपोर्ट अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्रकुमार शर्मा चयन भएका छन् । उनी ११ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार थिए ।

यसैगरी, नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ छानिएका छन् । उपाध्यक्षकालागि शुरुको गणनामा नेपालबाट शून्य मत पाउदै पराजित भनिएका डा.केशव पौडेललाई भेरो भोटिङ्गले स्पेलिङ्ग एरर सच्याए पछि बिजयी घोषणा गरेको थियो। तर, उनले आफ्नो नाममा कुनै गल्ती नभएको , गल्ती नियतमा भएको भन्दै अहिले आफुलाई विजेता नै घोषणा गरिए पनि धाँधलीको खुलेर विरोध गर्छु भनेका छन्। उनले बद्री केसी भएको अध्यक्षको प्यानलमा शपथ लिन अस्वीकार गर्दै समानान्तर नयाँ कार्यसमितिको उपाध्यक्षमा रहेका छन।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिवमा बुद्धिसागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । अध्यक्ष शर्माले जानकारी दिए अनुसार सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने भएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img