सधैको लफडा र किचलोले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अस्तित्व संकटमा परेको छ । यसपाली त विवाद रहित अधिवेशन होला की भन्ने आशा गर्ने सदस्यहरूमा पुन निराशा छाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा बद्री केसीले शपथ लिएका छन।
उता, बद्री केसीले आफूलाई आफै अध्यक्ष घोषित गरी शपथ लिएको र सो विधी अवैध भएको अध्यक्षका उमेदवारहरू महेश कुमार श्रेष्ठ र आर के शर्माले जनाएका छन।
असन्तुष्ठ पक्षले शनिबार ललितपुरमा एक पत्रकार सम्मेलन गरेको थियो। पत्रकारहरूसंग कुरा गर्दै अध्यक्षका उमेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीनजना अध्यक्षहरुबीच भएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन ।
पत्रकारहरूसंग कुरा गर्दै उनले निर्वाचनमा भएका अनियमतिताको छानबिन गर्न प्राविधिक विज्ञ रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार भएको सहमति भएकोमा सो को विपरित आफै उमेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शपथ लिएको बताए ।
संस्थालाई दुरुपयोग गरी बदनाम गरिएको भन्दै यस्तो अवस्था थाहा भएको भए आफु आफु यस अभियानमा आवद्व नै नहुने थिए, श्रेष्ठले भने।
ययैगरी पत्रकारहरूसंग कुरा गर्दै अध्यक्ष पदका अर्का उमेदवार आर के शर्माले भेरो नामक कम्पनीले गराएको मतदान र मतगणना प्रक्रियाबारे उल्लेख गर्दै यसमा गम्भीर गल्तीहरू भएका कारण आशंकाहरु उत्पन्न भएपछि आफूहरुले छानबिन गर्न माग गरेकोमा निर्वाचन समितिले विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनीपक्षीय उमेदवारलाई शपथ दिलाएको आरोप लगाए ।
उनी भन्छन “ विधान विपरितको यस्तो शपथ हामीलाई मान्य छैन” । निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न उनले माग पनि गरे ।
निवर्तमान अध्यक्ष बद्री केसीले एकपक्षीय रुपमा शपथ लिएको आरोप लगाउदै निर्वाचनसम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधानविपरीत भएकाले त्यो मान्य नहुने बताउदै अध्यक्ष कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन् ।
यसप्रकार गैरआवासीय नेपाली संघ (एनआरएनए) टुक्रिएको पर्यवेक्षकहरू बताउछन।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया