spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

इजरायल-गाजा द्वन्द्वमा पत्रकारको मृत्यु हुनेको संख्या बढ्दै- ३६ जना मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भर्खरैको अद्यावधिकमा, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) ले प्यालेस्टाइन र इजरायलबीच बढ्दो द्वन्द्वमा मारिने पत्रकार र मिडियाकर्मीहरूको संख्यामा चिन्ताजनक वृद्धि भएको जनाएको छ। द्वन्द्व सुरु भएदेखि अहिलेसम्म ३६ पत्रकार र सञ्चारकर्मीले ज्यान गुमाएका छन् ।

सिपिजेको प्रारम्भिक अनुसन्धान अनुसार नोभेम्बर ३, शुक्रबार सम्म युद्ध सुरु भएदेखि १० हजारको मृत्यु भएकोमा कम्तिमा ३६ पत्रकार र मिडियाकर्मीहरूको मृत्यु भएको पुष्टि गरेको छ। यसमा गाजा र वेस्ट बैंकमा ९ हजार प्यालेस्टिनीको मृत्यु र इजरायलमा १ हजार १ सय ४० जनाको मृत्यु समावेश छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा पट्टीमा कार्यरत पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने बताएको छ। रोयटर्स र एजेन्सी फ्रान्स प्रेस समाचार एजेन्सीहरूले आफ्ना पत्रकारहरूलाई इजरायली हमलाहरूद्वारा लक्षित नगर्न आग्रह गरेपछि आफुहरुले पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने आईडीएफले बताएको हो।

गाजा सहरमा इजरायली भूमि हमला, विनाशकारी हवाई आक्रमण, सञ्चार अवरुद्ध, र व्यापक विद्युत कटौतीका कारण गाजाका पत्रकारहरूले विशेष गरी उच्च जोखिमको सामना गरिरहेका छन्। सिपिजेको नोभेम्बर ३ सम्मको रिपोर्ट अनुसार :

३६ पत्रकार र सञ्चारकर्मीको मृत्यु भएको पुष्टि भएको छ: ३१ प्यालेस्टिनी, ४ इजरायली र १ लेबनानी।
– ८ पत्रकार घाइते
– ३ पत्रकार बेपत्ता
– ८ पत्रकार पक्राउ
– हमला, धम्की, साइबर आक्रमण, सेन्सरशिप, र परिवारका सदस्यहरूको हत्याका धेरै उदाहरणहरू समेत रहेको रिपोर्टमा जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img