Monday, May 19, 2025
61 F
Washington DC.

नेपालमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १५३ जनाको मृत्यु, ठूलो धनजनको क्षति

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शुक्रबार राति पश्चिमी नेपालमा गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १५३ जनाको मृत्यु हुनुका साथै धेरै भवनमा क्षति पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित नेपालभर र उत्तरी भारतका केही भागमा महसुस गरिएको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाहरू थिए, जहाँ दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै घरहरू भत्किएका छन। स्थानीय अधिकारीहरू र उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेर बाँचेकाहरूलाई राहत उपलब्ध गराउन काम गरिरहेका छन्।

संचार माध्यमको रिपोर्ट अनुसार, भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा गरेर २ सय ४८ विद्यालय भत्किएका छन्। सोमबारसम्म संकलन भएको तथ्याङ्क अनुसार २ सय ४८ विद्यालय भवन भत्किएका हुन् । १ सय ६ विद्यालय भवन पूर्ण रुपमा क्षति भएको छ।

भूकम्पका कारण केही ठाउँमा पहिरो जानुका साथै विद्युत् र सञ्चार सम्पर्कसमेत अवरुद्ध भएको छ ।

यसअघि सन् २०१५ मा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले मुलुकभर करिब ९ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।

(समाचार अपडेट : कार्तिक २०, २०८०)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img