Wednesday, April 2, 2025
43.5 F
Washington DC.

आईसीसी टि–२० विश्वकप एसिया छनोटः नेपालद्वारा यूएई ८ विकेटले पराजित, नेपालले विश्वकप खेल्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी टि–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले हराएको छ। यो जितसंगै १० वर्षपछि नेपालले विश्वकप खेल्ने पुन अवसर पाएको छ ।

नेपालमा जारी रहेको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने छन।यसकालागि नेपाल विश्वकपका लागि छनोट भएको हो ।

शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईले पहिले व्याटिंग गर्दै १३४ रन बनाएको थियो। यसका जवाफमा नेपालले १७।१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको तर्फबाट ओपनर आसिफ शेखले अविजित ६३ रन बनाएका थिए । उनले आक्रमक व्याटिंग गर्दै ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । यो संगै टि- २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले आफ्नो नाममा चौथो अर्धशतक को रेकर्ड बनाएका छन ।

यसैगरी, कप्तान रोहितकुमार पौडेलले ३५ रन, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रनको स्कोर बनाए ।

यूएईका निलान्स केशवानी र बसिल अमिदले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङमा आएको यूएईले २० ओभरमा ९ विकेट गुमाउदै जम्मा १३४ रन बनाएको थियो ।

यूएईका तर्फबाट भ्रित्या अरविन्दले ५१ बलमा आठ चौका र दुई छक्का सहित ६४ रन बनाए ।यसैगरी, कप्तान मुहम्मद वसिमले १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन, आलिसान सराफुले १६ र आसिफ खानले १३ रन बनाएका थिए ।

नेपालका तर्फबाट कुशल मल्लले तीन ओभर बलिंग गर्दै ११ रन दिदै तीन विकेट लिएका थिए ।यसैगरी, सन्दीप लामिछानेले दुई विकेट, सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रूपमा खेलेका थिए । नेपालले अब छनोटको उपाधिका लागि ओमानसँग खेल्ने भएको छ ।

नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण आयोजना भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...

अन्य समाचार

- Advertisement -spot_img