Friday, March 6, 2026
54.4 F
Washington DC.

सुपर ओभरमा ओमानसँग नेपाल पराजित

सम्बन्धित समाचार

टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित हात परेको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन मात्र बनाएर  ओमानसँग पराजित भएको हो।

सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्का र एक वाइडको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । कुशल भुर्तेलले एक रन पनि बनाउन सकेनन् ।  दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले दुई चौका प्रहार गरेपनि खेल जिताउन सकेनन् । 

त्रिवि क्रिकेट मैदानमा  नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी हुदैँ सुपरओभरमा गएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img