Wednesday, April 2, 2025
43.5 F
Washington DC.

सुपर ओभरमा ओमानसँग नेपाल पराजित

सम्बन्धित समाचार

टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित हात परेको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन मात्र बनाएर  ओमानसँग पराजित भएको हो।

सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्का र एक वाइडको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । कुशल भुर्तेलले एक रन पनि बनाउन सकेनन् ।  दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले दुई चौका प्रहार गरेपनि खेल जिताउन सकेनन् । 

त्रिवि क्रिकेट मैदानमा  नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी हुदैँ सुपरओभरमा गएको थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...

अन्य समाचार

- Advertisement -spot_img