spot_img
Saturday, September 21, 2024
67.3 F
Washington DC.
spot_img

दुर्गा प्रसाईंद्वारा गणतन्त्र उल्टाउने आन्दोलनको घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु बोलाएका थिए। उक्त भेटमा उनले गणतन्त्र उल्टाउने अभियान शुरु गर्न लागेको बताएका छन्।

‘नागरिक मुक्ति आन्दोलन’ मार्फत आफुले गणतन्त्र उल्टाउन आन्दोलन सुरु गर्ने युट्युबरहरुको भेलामा बताएका हुन्। उक्त आन्दोलन मंसिर ७ बाट सुरु गर्ने र आफुले वार कि पार गर्ने दाबी समेत गरेका छन्।

यसै भेलालाई उनले आफ्नो आन्दोलनलाई प्रधानमन्त्री लगायत नेपलाका सबै राजनीतिक दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने अनौठो माग समेत गरेका छन् । आफुले प्रधानमन्त्रीलाई पेशा पठाउन क्यूआर कोड समेत उपलब्ध गराएको उनको दाबी छ। उनी भन्छन – ‘प्रधानमन्त्री दयालु र मनको कमजोर हुनु हुन्छ , गणतन्त्र उल्टाउन मन्त्रिपरिषदबाट निर्णय गराउदै ५० लाख उपलब्ध गराउन भनेको छु’।

यसै प्रसङ्गमा आफुले एमाले र अन्य दलका नेताहरुसँग पनि आथिक सहयोग माग्ने उनले बताएका छन् । सबैले आफुलाई सहयोग गर्ने र आफ्नै नेतृत्वमा गणतन्त्र उल्टाउने प्रसाइले दाबी गरे ।

उनले युट्युबरहरुको भेलामा केहि मागहरु समेत राखेका छन – २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने , राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने छ । त्यस्तै, उनले व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न सबै ऋणीहरुलाई आग्रह समेत गरेका थिए ।

‘लघुवित्त र सहकारीको पैसा अहिले नतिर्नुस् । पहिले आन्दोलन सफल पारौं । व्यवस्था परिवर्तन गरौं । त्यसपछि देशका लागि के के गर्नुपर्छ सल्लाह गरौंला । अहिले चाहिं २० लाखभन्दा मुनिको गरिबको ऋण मिनाहा गर्नुपर्छ, ’ प्रसाईंले युट्युबरहरुको भेलामा भने।

यसैगरी, आफ्नो आन्दोलनलाई सफल पार्न आग्रह गर्दै युट्युबरहरुसंग पनि उनले १०० रुपैयाँको आर्थिक सहयोग मांग गरे ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img